trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुलूरपश्चिम, मधेश प्रदेश, एपीएफसहित आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।ललितपुर मेयर्स ११ र सुदूरपश्चिमबीच उद्घाटन खेल हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगिताका सबै खेलमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia