काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अंगुर (कालो) १८० रुपैँया, हरियो १२० रुपैयाँ, अदुवा ११० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, काउली ५० रुपैयाँ, लोकल काक्रो ४० रुपैयाँ, कागती २६० रुपैयाँ, किवि र कुरिलो ४०० रुपैयाँ प्रतिकेजी रहेका छन् ।

त्यस्तै केरा दर्जनको १४० रुपैँया, खुर्सानी हरियो अकबरे २५० रुपैयाँ, बुलेट खुर्सानी ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ४० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउँ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने जुनार २२० रुपैयाँ, ताजा छडि माछा २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । त्यस्तैगरी तितो करेला १२० रुपैयाँ, तोफु १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, चाइनिज नासपति २२० रुपैयाँ, लोकल परवल ९० रुपैयाँ, पिंडालु ४० रुपैयाँ, पुदीना २०० रुपैयाँ, प्याज सुकेको भारतीय ३४ रुपैयाँ, बन्दा १० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, भिण्डी १३० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ । मटरकोशाको न्यूनतम मूल्य ६० रुपैयाँ, लोकल सेतो मुला ४० रुपैयाँ, नेपाली मेवा ७० रुपैयाँ, रायोको साग ५० रुपैयाँ, लसुन सुकेको चाइनिज १७० रुपैयाँ, लौका ५० रुपैयाँ, सजिवन ९० रुपैयाँ, स्कुस ४० रुपैयाँमा किनबेच भइरहेको छ । झोले स्याउ २०० रुपैयाँ र फुजी स्याउ २५० रुपैयाँ र सुन्ताला भारतीय १४० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia