kasai1

२३ माघ, वीरगन्ज। ६ महिनादेखि अधिकारका लागि आन्दोलित तराई–मधेशको राजनीति पृथकतावादतर्फ धकेलिँदैछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा सुरु भएको आन्दोलन अहिले मोर्चाकै विरुद्धमा हुन थालेको छ । यसको प्रत्यक्ष उदाहरण हो वीरगन्ज घटना ।

६ महिनादेखि जारी रहेको आन्दोलनमा करिब ६० जना मधेशीले शहादत प्राप्त गरेका छन् भने हजारौं मधेशी अपाङ्ग भएका छन् । आन्दोलनलाई तुहाउन मधेशी मोर्चाका नेताहरुले षड्यन्त्र गरेको भन्दै अबको आन्दोलन मधेशी नेताहरुकै विरुद्धमा हुने विभिन्न संकेतहरु देखा परिरहेका छन् ।

kasai2

आन्दोलन संघर्ष समितिको अगुवाईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको पुतला जलाइएको हो ।

उनीहरुले मधेश आन्दोलन तुहाएको आरोपमा मोर्चाका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका छन् ।
मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले प्रधानमत्री केपी ओली, काग्रेस सभापति शुशिल कोइराला, एमाओबादी अध्यक्ष प्रचण्डलाई राष्ट्रिय गद्दार र मोर्चाका शीर्ष नेतालाई मधेशी गद्दारको संज्ञा दिँदै अबको आन्दोलन शासक वर्गको विरुद्धमा मात्र नभएर मधेशीका दलका दलाल प्रवृत्तिका नेताहरुको विरुद्ध हुने चेतावनी दिएका छन् ।

उनले मधेशी मोर्चाका शीर्ष नेताहरुकै कारण आज आन्दोलन कमजोर हुन लागेको आरोप लगाएका छन् ।

kasai

 

मधेशबाणिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia