trusted online casino malaysia
trusted online casino malaysia

भक्तपुर । दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो ।

‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने । परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia