trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौँ । वैदेशिक रोजगारीका लागि टर्की पठाइ दिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी आरोपमा पोखरा महानगरपालिका–५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेल समेतले टर्कीमा गएको भूकम्पपछि पुनर्निर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाई दिने भन्दै पैसा उठाएका थिए ।

प्रहरीका अनुसार पोखरा–५ लेखनाथ टोल स्थायी ठेगाना भएका वर्ष ४२ का विनोद श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia