इटहरी । नेपाली विद्यार्थीहरुलाई डेनमार्क, अष्ट्रेलिया, क्यानडा, युके उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। सिड्नी बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको चौथौ शाखा इटहरी ४ आइतबारे स्थित रहेको “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
उधोग वाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेल को प्रमुख आतिथ्यता साथै उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, जनता बहुमुखी क्याम्पस इटहरी अध्यक्ष बिकास केसी “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस सिइओ अनिस गौतम, इटहरी शाखा प्रमुख सुजन पुरि ले केन्द्रको औपचारीक रुपमा उद्घाटन गरेका छन् ।
यसैविच “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रले आगामी दिनमा विद्यार्थीहरुका लागि आवश्यक बिभिन्न सुझाव, सहकार्य सेमिनार पनि गर्ने सन्चालक बादल बरालले बताउनुभयो। उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षाविदहरुको उपस्थित रहेको थियो