काठमाडौं । पूर्व एआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्रयाप’ मा परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस शेयर गर्दै उनले केहीबेरमै ‘हनी ट्रयापर’ को नाम सार्वजनिक गर्ने समेत उल्लेख गरेका छन् ।
आज बिहान १०ः२ मा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु । त्यसपछि २ः१३ मा अर्को स्टाटस लेख्दै चन्दले भनेका छन्, ‘त्यो हनी ट्रयापर हो । एक घण्टामा नाम सार्वजनिक गर्दैछु ।’
केही समयअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए । सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको सुरमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए ।