Sandeep-Lamichane-cricket

१७ फागुन, काठमाडौं । बंगलादेशमा आयोजित यू-१९ विश्वकप क्रिकेटमा खेल्न जाँदा सन्दिप लामिछानेको नाम कमै नेपालीले सुनेका थिए । तर विश्वकप खेलेर फर्किसकेपछि उनी सानोतिनो सेलिब्रेटी नै बनेका छन् ।

आफूले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगीता, त्यो पनि विश्वकपमा उनले एक मात्र ह्याट्रिक पुरा गरे । यदी यो पर्याप्त थिएन भने, उनी प्रतियोगिताका दोस्रो सर्वाधिक विकेटटेकर पनि बने । यसरी केवल १६ वर्षको उमेरमा सन्दीप राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चाको पात्र बन्न सफल भए ।

भारतबाहेक सन्दीपको पहिलो विदेश भ्रमण थियो बंगलादेश । त्यहाँ जाँदा उनको मनमा अरु केहि थिएन, सकेसम्म राम्रो बलिङ गर्ने र देशलाई जिताउन मद्दत गर्ने । सन्दीप भन्छन्, ‘क्रिकेट आफूले प्रयास गरेर मात्र पनि हुँदैन । भगवानले पनि साथ दिनुपर्छ । मेरो हकमा त्यस्तै थियो ।’

सन्दिप अहिले पनि विश्वकपलाई सम्झिन्छन् र दंग पर्छन् । विशेषगरी आयरल्याण्डसँगको त्यो म्याच, जसमा उनले ह्याटि्रक लिएका थिए, उनको आँखामा फनफनि नाचिरहन्छ । त्यो उनले खेलेको दोस्रो अन्तर्राष्ट्रिय म्याच थियो ।

‘जीवनमा एकपटक भए पनि देशका लागि खेल्नेछु’ भन्ने लक्ष्य बोकेका सन्दीपले सोचेभन्दा चाँडो त्यो लक्ष्य पूरा गरे । यसका निम्ति उनले आफ्नो पढाईमा भने सम्झौता गर्नुपरेको छ ।

कक्षा नौमा पढ्दा-पढ्दै यू-१९ राष्ट्रिय टीममा स्थान बनाएपछि सन्दीप विद्यालय जाने क्रम टुट्यो । पछिल्ला ७ महिनादेखि विद्यालय नगएका उनले परिक्षा पनि दिन पाएनन् । फलस्वरुप ९ कक्षा फेरि दोर्‍याउनुपर्ने भएको छ । यद्यपि उनलाई अफसोस छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia