नगर उपसभापतिमा दाहालको दाबेदारी

नगर उपसभापतिमा दाहालको दाबेदारी
असोज ९ गते हुने १४ औं नगर अधिवेशनको लागि इनरुवाकी कांग्रेस नेतृ बिनिता दाहालले नगर उपसभापति पदमा दाबेदारी पेश गरेकी छिन । दाहालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा समेत गरेकी छिन । उनले महिला अधिकार सुनिश्चितताको लागि आफ्नो उम्मेदबारी रहेको बताइन । नगर कमिटीमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै पार्टीलाई थप उर्जाका साथ अघि बढाउनु आफ्नो मूल एजेण्डा रहेको दाहालले बताइन ।पत्रका...

मेयर मेहता र अध्यक्ष अन्सारीलाई विभूषण

मेयर मेहता र अध्यक्ष अन्सारीलाई विभूषण
इनरुवा नगर प्रमुख तथा हरिनगर गाउँपालिका प्रमुखले नेपाल सरकारबाट प्रदान गर्ने सुप्रवल जनसेवाश्री मानपदवी २०७८ बाट सम्मानित हुनेभएका छन। गणतन्त्र दिवसको अवसर पारेर सुनसरी जिल्लाका दुई जनप्रतिनिथिले उक्त सुप्रवल जनसेवाश्री २०७८ बाट सम्मानित हुने भएका हुन। इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मिया अन्सारी स्थानिय तहमा निर्वाचित भए पश्चात जनताप्रति समर्पित भै आ-आफ्...

जेसीजको एरिया ए सम्मेलन इनरुवामा

जेसीजको एरिया ए सम्मेलन इनरुवामा
जेसीजको एरिया ए सम्मेलन असोज ६ र ७ गते इनरुवामा हुने भएको छ । सम्मेलन यस अघिको निर्धारित तालिका भन्दा दुई दिन अघि सरेको हो । सोही अनुरुप इनरुवा जेसीजले एरिया ए सम्मेलनको तयारी समेत थालेको छ । तयारी अन्तिम चरणमा पुगेको बताउने जेसीज इनरुवाका अध्यक्ष सम्यम कोइरालाले एरिया ए सम्मेलनमा ४१ वटा शाखाको सहभागिता रहने जानकारी दिए । शाखा अध्यक्ष सहितका पदाधिकारी, नेपाल जेसीजका अफिसर, अन्य क्षेत्रका शाखा अ...

इनरुवा नगर प्याब्सनमा सर्वसम्मत

इनरुवा नगर प्याब्सनमा सर्वसम्मत
इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेश प्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारी तर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोक नारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएका छन । जनक स्मृति मा.बि.इनरुवामा सम्पन्न अधिवेशनले नेतृत्व सर्वसम...

कांग्रेसमा नगर अधिवेशनको सरगर्मी मेयर सहित तीनको उम्मेदवारी घोषणा

कांग्रेसमा नगर अधिवेशनको सरगर्मी मेयर सहित तीनको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १४औं महाधिवेशन तालिका अनुसार वडा अधिवेशन समपन्न भै नगर अधिवेशनको मिति नजिकिदै गर्दा इनरुवा कांग्रेसमा सरगर्मी बढेको छ ।इनरुवामा नगर सभापति पदमा दुई भन्दा बढी आकांक्षी देखिएका छन । जस अनुरुप नगर प्रमुख समेत रहेका राजन मेहता, योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेलले उमेदवारी घोषणा गरेका छन । रोशन खड्का समेतले सभापतिमा उमेद्वारी घोषणा गरेको भएपनि उनले भने खेमा परिवर्तन गरेका छन । ...

खाली गराउन सकेन १ नं. वडा कार्यालयले मुख्य सडकपेटी

खाली गराउन सकेन १ नं. वडा कार्यालयले मुख्य सडकपेटी
इनरुवा। दुई हप्ता बिती सक्दा पनी खाली गराउन सकेन वडा कार्यालयले बजारक्षेत्रको मुख्य सडकपेटी। इनरुवा वडा नं. १ को कामकार्वाही कागजमै सिमित भएको देखिन्छ। मुख्य सडकपेटी खाली गर्ने इनरुवा नगरपालिका वडा नं. १ कार्यालयले मिती २०७८।०५।१० गते जारी गरेको सुचनाले आज दुई हप्ता पुरा गरि सक्दा पनि कुनै प्रकारको सुचना अनुसारको गतिबिधि नभएको स्थानियहरुको भनाई छ। पैदल यात्रुलाई आवत जावत गर्न असहज भएको हुँदा सु...

योगेन्द्रद्वारा नगर सभापतिको उम्मेदवारी घोषणा

योगेन्द्रद्वारा नगर सभापतिको उम्मेदवारी घोषणा
योगेन्द्रप्रसाद मेहताले नेपाली कांग्रेसको इनरुवा नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पत्रकार सम्मेलनको आयोजना गरी १४औं नगर अधिवेशनमा मेहताले सभापति पदमा आफ्नो दाबेदारी पेश गरेका हुन । उम्मेदवारी घोषणासँगै मेहताले नगर प्रमुख समेत रहेका हालको नगर सभापति राजन मेहतालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन । उनले आफुलाई समर्थन गरी निर्विरोध निर्वाचित गराउन मेहता समक्ष आग्रह समेत गरेका छ...

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !
इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीको पार्टी सद्भावना भन्दा कमजोर हुने बताएकी छिन । एमाले अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीलाई ठुटे महाराजाको संज्ञा दिदै गालीको वर्षा गरेकी झाक्रीले ओलीको पार्टीको कन्तबिजोग हुने बताएकी हुन । उनले बाटो बिराएर ओली तिर लागेकाहरुलाई बेलैमा आफ्नो पार्टीमा फर्किएर भविष्य सुनिश्चित गर्न आग्रह समेत गरिन ।...

इनरुवामा निकालियो अहिले सम्मकै भव्य रथ यात्रा

इनरुवामा निकालियो अहिले सम्मकै भव्य रथ यात्रा
इनरुवा। इनरुवामा अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिर इनरुवा ३ बाट निस्किएको रथ यात्रा सहभागिताका आधारमा अहिले सम्मकै ठूलो हो । कोरोनाका कारण नेपालकै ठूलो रथ यात्रा निकालिने बिराटनगरमा सीमित व्यक्तिको उपस्थितिमा खट यात्रा निस्कदा इनरुवामा भने अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । रथ यात्रालाई व्यवस्थित गर्ने भनिएपनि भक्तजनको भीडलाई थाम्न नसक्दा सहभागिता बाक्लो देखिएको ...

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन
इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो। साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरि...
trusted online casino malaysia