कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाँदै, टोलीमा अरु को–को छन् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दैछन् । उनी बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको...