धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमाहामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।
हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रणको काम भईरहेको चिमरियाल...