जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार, प्रहरीले थाल्यो छानविन
काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन थालेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका हुन् । यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । जनकपुर बोल्ट्सले जितेपछि उनी विरुद्ध अन्य टिमक...











