नवयुगको १७ औं साधारसभामा १५ उत्कृष्ठ ऋणी पुरस्कृत

नवयुगको १७ औं साधारसभामा १५ उत्कृष्ठ ऋणी पुरस्कृत
इनरुवा असोज १५ /इनरुवा ९ मा रहेको नवयुग बहुउद्येश्यि सहकारी संस्था लिमिटेडले संस्थाका उत्कृष्ठ १५ ऋणीहरुलाई पुरस्कृत गरेको छ । संस्थाले ऋण लिएर समयमै साँवा ब्याज बुझाउने १५ जनालाई उत्कृष्ठ ऋणी ठहर गर्दै सम्मान गरेको हो । यसरी उत्कृष्ठ ऋणीको तर्फबाट पुरस्कृत हुनेहरुमा मुना बराल, लक्ष्मी पोखरेल, सुजताकुमारी शाक्य, सुमन पोदार, शुशिला पोखरेल, देवरुथ चौधरी,राधा दुलाल, सविताकुमारी चौधरी, मञ्जुकुमारी...

इनरुवाबाट भूकम्प साप्ताहिक प्रकाशनको तयारीमा

इनरुवा असोज १५/ सुनसरी सदरमुकाम इनरुवामा भूकम्प आउने भएको छ । संचारकर्मीद्धय जयकृष्ण यादव र लुकमान अन्सारीले भूकम्प साप्ताहिक नामक पत्रिका इनरुवाबाट प्रशासन गर्न लागेका हुन् । पत्रिकाको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको प्रकाशक लुकमान अन्सारीले बताए । जयकृष्ण यादव सम्पादक रहेको सो पत्रिकाको टिम यसैसाताबाट बजारमा आउने तयारीमा जुटेको छ । यसअघि इनरुवा पोष्ट साप्ताहिकमा सम्पादकका रुपमा रहेका लुकमान व...

इनरुवाका दुई क्लिनिक सहित पाँच औषधी पसलमा शिलबन्दी

इनरुवाका दुई क्लिनिक सहित पाँच औषधी पसलमा शिलबन्दी
इनरुवा असोज १४ /इनरुवा १ स्थित रहेको तारणी प्रसाद यादवले विरामी चेकजाँच गर्दै आएको इनरुवा पोली क्लिनिक सुनसरी प्रशासनले बन्द गराएको छ । विना इजाजत क्लिनिक संचालन गर्ने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा नेतृत्वको अनुगमन टोलीले  सो क्लिनिक बन्द गराएको हो । आवश्यक प्रकृया पुरा नहुन्जेल क्लिनिक संचालन गर्न नपाउने भन्दै अनुगमन टोलीले क्लिनिक बन्द गराएपछी सिनियर अहेव यादवकोमा उप...

भारत नेपालमा स्थायित्व चाहन्छ : भारतीय आदिवासी मंत्री ओराम

भारत नेपालमा स्थायित्व चाहन्छ : भारतीय आदिवासी मंत्री ओराम
१२ असोज, इनरुवा। भारतका आदिवासी जनजाती कल्याण मंत्री जोएल ओरामले नेपालमा संविधानको स्थायित्व चाहेको बताउनु भएको छ । सुनसरीको इनरुवा आइपुग्नु भएका मंत्री ओरामले भारत सरकार नेपाललाई समृद्ध मुलुकका रुपमा हेर्न चाहेको बताउनुभयो । वहाँले दुई देशवीच कुनैपनि कटुता नरहेको प्रष्ट्याउँदै सदियौं देखिको सम्वन्ध थप सुमधुर बन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । नेपाल भारतवीचको सम्वन्ध बाहिर आएजस्तो नरहेक...

अधिकारकालागि लडिरनु परेको छ : श्रम मंत्री गुरुङ

अधिकारकालागि लडिरनु परेको छ : श्रम मंत्री गुरुङ
इनरुवा असोज १२/श्रम मन्त्री सूर्यमान गुरुङले अधिकार प्राप्तीको लडाईमा आफुपनि संगसंगै रहेको बताउनु भएको छ । मुलुकले नयाँ संविधान पाएपनि हक अधिकारको लडाई लड्दै आएकाहरु प्रति आफ्नो साथ र समर्थन रहेको मंत्री गुरुङले भनाई थियो । सुनसरीको इनरुवामा आयोजित उराव समुदायको राष्ट्रिय करम महोत्सवका विशिष्ट अतिथि गुरुङले संविधान संसोधन गरी सवैको स्विकार्य संविधानलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो । ...

एमालेको सहयोग विना संविधान संसोधन असम्भव

एमालेको सहयोग विना संविधान संसोधन असम्भव
१२ असोज, इनरुवा /मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रचण्ड नेतृत्वको सरकारले जतिसुकै लिडेढिपी लिएपनि एमालेको सहयोग वीना संविधान संसोधन असम्भव रहेको ठोकुवा गर्नुभएको छ । सुनसरीको इनरुवामा राष्ट्रिय करम महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै गच्छदारले संविधान संसोधन अनिवार्य रहेपनि एमालेको सहमति वीना असम्भव रहेको दावी गर्नु भएको हो ।सवै जातजातीको हक अधिकार सु...

सुनसरीका जेष्ठ नागरिकलाई छुट र सुविधाको प्रत्याभूति दिलाइने

सुनसरीका जेष्ठ नागरिकलाई छुट र सुविधाको प्रत्याभूति दिलाइने
इनरुवा असोज ११ /जेष्ठ नागरिहरुको हक र अधिकारका सवालमा सुनसरी प्रशासनले विशेष पहल थाल्ने भएको छ । जिल्लास्थित रहेका जेष्ठ नागरिकले पाउनु पर्ने छुट र सरकारी सेवाको प्रत्यायोजनका लागि स्थानीय प्रशासनले अनुगमन तथा निगरानीलाई संगसंगै अघि बढाउन लागेको हो । महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा सार्वजनिक सवारी साधनका साथै स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्थालाई कार्यान्वयनमा...

मादक पदार्थ सेवन गरेका चालकले नियन्त्रण गुमाउदा डुंगा दुर्घटना – छानविन समिति

अमर काफ्ले सुनसरी /चालकले मादक पदार्थ सेवन गरी चलाएको डुंगा छालमा अनियन्त्रिक हुँदा दुर्घटना भएको निष्कर्श सहितको प्रतिवेदन छानविन समितिले सुनसरी प्रशासन समक्ष बुझाएको छ । गत शनिवार सप्तकोसी नदीमा डुंगा पल्टिएपछि गठित सहायक प्रमुख जिल्लाअधिकारी कमल थापा नेतृत्वको छानविन समितिले प्रमुख जिल्ला अधिकारी मोहन चापागाई समक्ष बुझाएको प्रतिवेदनमा चालकले मादक पदार्थ सेवन गर्नुलाई दुर्घटनाको मूख्य कारण माने...

मेलाका नाममा खुलेयाम जुवा

मेलाका नाममा खुलेयाम जुवा
१० असोज, इनरुवा । इनरुवामा लाग्दै आएको रमाइलो मेला जुवाको खुल्ला खेलका रुपमा देखिएको छ । मिनि महोत्सव नाम दिइएको उक्त मेलामा साँझ परेपछि जुवाजन्य खेलहरु हुने गरेका छन् । दिनभरजसो सुनसान झै रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा ७ बजेपछि जुवाका पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मेला स्थल नजिकै पर्छ ।...

नदी किनारमा हराएका आफन्त खोज्दै कोसीका पीडित परिवार

नदी किनारमा हराएका आफन्त खोज्दै कोसीका पीडित परिवार
अमर काफ्ले असोज ९ सुनसरी । सप्तकोसी नदीमा डुंगा पल्टिएको एकसाता बितिसकेको छ । तरपनि वेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।सुनसरी प्रशासनले वेपत्ताहरु जीवितै भेटिने सम्भावना नरहेको भनि मृत घोषणाको तयारी समेत अघि बढाएको छ । प्रशासनले सप्तकोशी आसपास गर्दै आएको वेपत्ताको खोजी कार्य समेत बन्द गरिसकेको छ । ६३ जना सवार डुंगा नदीमा पल्टँदा ३७ जनाको तत्कालै उद्धार गरियो । १७ जना पछिबाट सम्पर्कमा ...
trusted online casino malaysia