हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते
इनरुवा। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुने सबै सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ का एउटै बस्तीका बासिन्दा हुन् । मृत्यु हुनेमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय...












