राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणको चिनी बरामद गरेको छ । कार्यालयले पछिल्लो १० दिनको अवधिमा १० हजार किलो बढी चिनी बरामद गरेको छ ।
कार्यालयका सूचना तथा अनुसन्धान अधिकृत शिव कुमार निरौलाले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिणाममा भन्सार छलीको चिनी बरामद गरिएको बताए ।उनले आजमात्रै कोशी गाउँपालिका २ का बिन्देश्वर साहको घरमा लुकाई राखेको ३३ बोरा र लौकही मध...








