trusted online casino malaysia
trusted online casino malaysia

दलितमैत्री विद्यालय घोषणको तयारी

२४ असोज, इनरुवा सुनसरीका विद्यालयलाई दलित मैत्री विद्यालय घोषणको तयारी थालिएको छ । विद्यालयमा उपस्थित विद्यार्थीको संख्या, उनिहरुलाई उपलब्ध गराउँदै आइएको छात्रवृति लगायतका सेवा सुविधालाई मध्यनजर गर्दै सरोकारवालाहरुले दलित मैत्री विद्यालय घोषणाको तयारी थालेका हुन् । जिल्लाका १० विद्यालयलाई मूल्याङकनका आधारमा दलित मैत्री विद्यालय घोषणाको अभियान थालेको दलित गैरसरकारी संस्था माहासंघले सो क्रमका लाग...

प्राधिकरणले भोलिबाट महसुल बुझ्ने

२४ असोज, इनरुवा नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले भोलिबाट विद्युत महसुल बुझ्ने भएको छ । मधेश आन्दोलनबाट उब्जेको असहज परिस्थितिका कारण केही दिन सेवा संचालनमा ल्याउन नसकेको जनाएको प्राधिकरणले भोलिबाट पूर्ववत समय तालिका अनुरुप महसुल बुझ्ने जनाएको हो । प्राधिरकणले आज एक सूचना प्रकाशित गरी असहज परिस्थितका कारण अवरुद्ध सेवा भोलिबाट पूर्ण रुपमा संचालनमा ल्याउने जानकारी गराएको हो । प्राधि...

पत्रकार झा सम्मानित

पत्रकार झा सम्मानित
२३ असोज इनरुवा । सुनसरीको भोक्राहा गाविसमा करम पूजा महोत्सव कार्यक्रममा पत्रकार अजितकुमार झा सम्मानित भएका छन् । कार्यक्रमको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति(रासस) का इनरुवा समाचारदाता तथा पपुलर एफ एमका मैथली समाचार बाचक अजितकुमार झालाइ सम्मान गएिको हो । नेपाल उराँव युवा कर्मा क्लब भोक्राहा र नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा जारी उराँव जातिहरु...

सेकुवा बनाउँदा तेल उछिटिएर घाइते

असोज २३ इनरुवा सुनसरीको तरहरा स्थित रहेको सम्झना होटलमा कार्यरत एक कामदार पुरुष सेकुवा बनाउने क्रममा तेलले जलि घाइते भएका छन् । घाइते हुनेमा खोटाङ्ग हइचुर ६ घर भएका वर्ष ३२ को बशन्त राई रहेको सुनसरी प्रहरीले जनाएको छ । सो क्रममा होटल मालिक मोहन श्रेष्ठ समेत सामान्य घाइते भएको प्रहरीको भनाई छ । उनिहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

पानीमा डुबेर बालिकाको मृत्यु

असोज २३ इनरुवा पानीमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा ५ बस्ने मो.सुमन मियाको डेढ वर्षिया छोरी खुश्बु खातुन रहेको प्रहरी जनाएको छ । छिमेकीको घर नजिकै रहेको ट्युवेलको पानी जम्ने खाल्डोमा डुबेर खुश्बुको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

विषादी सेवनले दुई युवतिको ज्यान गयो

असोज २३ इनरुवा विषादी सेवनका कारण सुनसरीमा दुई किशोरीको ज्यान गएको छ । महेन्द्रनगर २ बस्ने वर्ष १८ कि लक्ष्मी यादवको विषादी सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अशक्त भई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकी यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ । त्यसैगरी विषादी सेवनकै कारण डुम्राहा ६ कि १६ वर्षिय विनिता सिंहको समेत...

ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी

ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी
२३ असोज, इनरुवा सहकारीको सिद्धान्त, मूल्य र मान्यता विपरित सहकारी संस्थाहरु आफुखुसी संचालन हुन थालेसँगै पछिल्लो समय सहकारी संस्थाहरु धराषायी बन्ने तर्फ उन्मुख हुन थालेको सरोकारवालाहरुले औल्याएका छन् । नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटड इनरुवाको १६औं साधारणसभामा बोल्ने वक्ताहरुले एैन कानुन विपरीत संचालित सहकारी संस्थाहरु पछिल्लो समय धराषायी उन्मुख देखिन थालेका बताएका हुन् । साधारणसभामा ब...

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा
अमर काफ्ले असोज २२ इनरुवा लागु औषध दुर्व्यवसनी र त्यसको दीर्घकालिन असरका विषयमा विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवा स्थित रहेको शारदा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याएको हो ।प्रहरी नीरिक्षक धनप्रसाद सिवाकोटी, प्रहरी हवल्दार संजीवकुमार अधिकारी सहितको टोलीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्...

तराई मधेशमा आन्दोलन चर्काउने गोइतको चेतावनी

तराई मधेशमा  आन्दोलन चर्काउने गोइतको चेतावनी
असोज २२ इनरुवा अखिल तराइ मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत यतिवेला सुनसरीमा रहेको खुल्न आएको छ । केहिदिनयता गोइत सुनसरीका सीमावर्ति दक्षीणी गाविसहरुमा गोप्य वार्तामा सकृय रहेको स्रोतले बताएको छ ।विगत ५५ दिन देखि तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउँदै आएका गोइतले स्वतन्त्र तराइ मधेशका लागि पक्ष्यमा बहस चर्काएको बुझिएको हो ।विषेश भेला बताइएको कार्यक्रम स्थल भने गोप्य राखिएको छ ।कार...

इनरुवामा पुत्ला दहन

इनरुवामा पुत्ला दहन
२१ असोज इनरुवा । वृहत मधेश संघर्ष समिति सुनसरीले सदरमुकाम इनरुवामा आज साँझ प्रमुख दलका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरेको छ । मधेश र थारु विरोधी संविधान जारी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको संघर्ष समिति सुनसरीले नारावाजी सहित शिर्षस्थ नेताहरु प्रधानमंत्री शुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष केपी ओली, गृहमंत्री बामदेव गौतम र एमाले वरिष्ठ नेता झलनाथ खनालको सामूहिक पुत्ला...
trusted online casino malaysia