भारतीय बाँधले १३ हजार बिघाको खेती नष्ट
काठमाडौं । भारतले अन्तरराष्ट्रिय सन्धी–सम्झौता मिचेर सीमा क्षेत्रका विभिन्न स्थानमा बाँध निर्माण गर्दा बर्सेनि १३ हजार बिघा जमिनको बाली नष्ट हुँदै आएको छ । डुबानका कारण हरेक वर्ष करिब ७ हजार टनभन्दा बढीको धानबाली नष्ट हुने गरेको पाइएको छ । डुबान भएको जमिन करिब २ हजार ८८ हेक्टर हो । कृषि विकास मन्त्रालयका अनुसार नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.३ टन छ ।
दशगजाबाट तल्लो तटीय क्षेत्रका डेढ द...