दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा
अचम्म लाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडी छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउँमा एउटा त्यस्ता मानिस बस्छन् जसले दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाँत माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चामाध्यमलाई अन्तरवार्ता दिदैँ आफू स्पाईसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदा...