मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ
४ असार, रविन्द्र साह सप्तरी।मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा सप्तरी प्रहरीले स्व. गजेन्द्र नारायण सिंहका भतिजा यसवन्त सिंहलाई शनिबार पक्राउ गरेको छ ।
सप्तरीको बथनाहा गाविस वडा नं. ३ बस्ने वर्ष ३१ कि ममता कुमारी यादवलाई राजविराज नगरपालिका वडा नं. ४ बस्ने ४७ यसवन्त सिंहले भारतको दरभंगामा लगि बेचविखन गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७१ साल फागुन २५ गतेक...











