सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने
काठमाडौँ, १३ कात्तिक / सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोलिने गरी सामग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष ...