विवादित भिड नियन्त्रण गर्न प्रहरीद्धारा हवाई फायर, एक प्रहरी असई घाईते

फागुन ११, ताप्लेजुङ । अनियन्त्रित भीड नियन्त्रण गर्न खोज्दा ताप्लेजुङको खोक्लिङमा प्रहरीका एक असई घाईते भएका छन् । प्रहरीले भीड नियन्त्रणमा लागि हवाई फायर समेत गरेको छ । भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा परी अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाईते भएका छन् । उनको टाउकोमा गंभिर चोट लागेको छ । स्थानीय सन्तोष थापाका अनुसार गंभिर अवस्थामा रहेका असई श्रेष्ठको टाउको...

गुजरातमा भूकम्प पछिको पुनर्निमाण हेरेर के सिके प्रधानमन्त्रीले

गुजरातमा भूकम्प पछिको पुनर्निमाण हेरेर के सिके प्रधानमन्त्रीले
११ फागुन, भारत । भारतको राजकीय भ्रमण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताएका छन् । भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । भुजका स...

एनसेल उपहार भन्दै ठगि : २ जना पक्राउ

एनसेल उपहार भन्दै ठगि : २ जना पक्राउ
फागुन ११, ताप्लेजुङ । एनसेल एपको प्रयोग गरी लाखौ रुपैयाँको ठगिमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरीसक्दा समेत पुर्वमा ठगि हुने क्रम अझै रोकिएका छैन । हिजो मात्र ताप्लेजुङका थप दुई जना ठगको फन्दामा परेका छन् । मोवाईलमा चार अंकको म्यासेज आएपछि फोन गर्दै ठगी गर्नेले ताप्लेजुङ लिम्बुदिन एक का ईन्द्र सिं लिम्बु र खाम्दिनेका मोहन भट्टराईलाई दुईलाखको उपहार परेको र उपहार बापतको तीस हजार रुपैयाँ क...

भारतीय नेताहरुले घेरे दिल्लीस्थित नेपाली दूताबास

भारतीय नेताहरुले घेरे दिल्लीस्थित नेपाली दूताबास
फागुन १०, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा करिब दूई दर्जन भारतीय नागरिकले धर्ना दिएका हुन् । दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।  

समपन्न हुदैछ यस वर्षको श्री-स्वस्थानी व्रतकथा

समपन्न हुदैछ यस वर्षको श्री-स्वस्थानी व्रतकथा
१० फागुन , काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिँदै छ । आज देशका विभिन्न नदी तथा तलाउमा ब्रतालुको विशेष घुईंचो हुने गर्छ । राजधानीदेखि १७ किलोमिटर उत्तर–पूर्वस्थित साँखुमा रहेको साली नदीकिनारमा एक महिनादेखि स्वस्थानीको पूजा आराधना गर्दै आएका भक्तजनको व्रत पनि आजनै साङ्गे गरिन्छ । ब्रत कथामै साली नदी उल्लेख भएकोले साली साखुमा आज बिशेष घुइचो हुने गर्छ । व्रत...

मध्यरातमा ५.५ रेक्टर स्केलको भूकम्प : केन्द्र बिन्दु गोरखा

मध्यरातमा ५.५ रेक्टर स्केलको भूकम्प : केन्द्र बिन्दु गोरखा
१० फागुन, काठमाडौँ | आइतबार मध्यरातको ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु बनाइ ५.५ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महशुष भएको छ | भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, काठमाडौँ र चितवनमा पनि महसुश गरिएको छ | यस अघि हिंजो सनिवार बिहान नुवाकोट केन्द्रबिन्दु बनाइ ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो । वैशाख १२ को विनाशकारी महाभूकम्प गएपछि आज गएको भूकम्प सहित चार रिक्टर स्केलभ...

एमाले अखिलमा नविना लामाको प्यानलै निर्वाचित

एमाले अखिलमा नविना लामाको प्यानलै निर्वाचित
९ फागुण काठमाडौं। नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रतिद्धन्द्धी दिपक गौतमलाई पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिष्पर्धी गौतमले मत ६ सय ४९ पाएका छन् । अखिलको इतिहासमा लामा दोस्रो महिला अध्यक्ष हुन्। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री अखिलको पहिलो...

स्कूल वसले किचेर महाराजंगञ्जमा दुई मेडिकल विद्यार्थीको मृत्यु

स्कूल वसले किचेर महाराजंगञ्जमा दुई मेडिकल विद्यार्थीको मृत्यु
९ फागुण, काठमाडौ। विद्या संस्कार स्कुल थापागाँउको स्कूल वसले किचेर महाराजंगञ्जमा दुई जना एमडी पढ्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको  बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर मटरसाइकल सभार यात्रुलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट दुईको घटनास्थलमै मृत्यु भएको छ। घटनास्थलमा रहेकी स्थानिय दिपिका खड्काका अनुसार म...

घरेलु हिंसाबाट पीडित महिलाले प्रहरी सामु आँशु झारेपछि…

घरेलु हिंसाबाट पीडित महिलाले प्रहरी सामु आँशु झारेपछि…
९ फागुन,  लहान । सिरहामा मधेसी महिला र प्रहरीबिच अन्तक्रिया सम्पन्न भएको छ । सिराहको लहान नगरपालिकामा लागु औषध सेवन तथा लागुपदार्थ दुव्र्यसनीबाट महिलाहरुमा बढिरहेको घरेलु हिंसालाई न्युनिकरण कसरी गर्ने भन्ने सम्बन्धमा माँ शारदे नागरिक सचेतना केन्द्र्मा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा घरेलुहिंसाबाट पीडित महिलाहरुले प्रहरी समक्ष आफनो दुखेसो पोखेका थिए ।सचेतना कार्यक्रममा उपस्थित ४० बर्...

संसारको १० शान्त र १० अशान्त देशको नामावली

संसारको १० शान्त र १० अशान्त देशको नामावली
९ फागुण। राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा प्रस्ताव जुन उद्देश्यले गरेका भए पनि नेपाल शान्ति क्षेत्र बन्न सकेन। आन्तरिक द्वन्द्वले सधै नेपाल प्रभावित भइरह्यो। धेरै मुलुक नेपालजस्तै अवस्थामा रहे। तर पनि केही मुलुक छन् जहाँ शान्ति छ। भूराजनीतिक तनाव र द्वन्द्वले मुलुक विश्वभरि अशान्ति भएको लाग्छ तर शान्त मुलुकको संख्या अशान्तभन्दा धेरै छ। गत वर्ष विश्वभरिका मुलुकको एसिसमेन्ट गरेर...
trusted online casino malaysia