भारतबाट आएर अमिताभ बच्चन बन्दै ठग्दै

भारतबाट आएर अमिताभ बच्चन बन्दै ठग्दै
धादिङवेशी २१ माघ ।  फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने भारतीय गिरोहका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ । ठगी भएको ९० हजार नगदसहित धादिङको लापा गाउँ विकास समिति वडा नं १ का भिर्पा तामाङलाइ जिल्ला प्रहरी कार्यलय धादिङको टोलीले धादिङवेशीबाट पक्राउ गरेको हो । यसरी गरियो ठगी : रसुवा धुन्चेका सोनाम लामा(नाम परिवर्तन) ब्यक्तिलाई भारतीय नम्वरबाट फोन आयो र भन...

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प
२० माघ धरान।कर्मचारीहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । प्रतिष्ठान प्रशासनले गरेका विभिन्न निर्णयमाथि असहमति जनाउँदै कर्मचारीहरू पटकपटक आन्दोलनमा उत्रिन थालेपछि पूर्वाञ्चलकै ठूलो अस्पतालको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । चिकित्सकहरूले ओपीडीमा बिरामी जाँच्न छाडेका छन् । प्रतिष्ठानबाट उपलब्...

‘लालुका अगाडि लम्पासार पर्नु लज्जास्पद’

२० माघ काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरू भारतमा गएर लालुप्रसाद यादवको अगाडि लम्पसार पर्नु लज्जास्पद भएको बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयन, राष्ट्र र पार्टीको निर्माण' विषयक कार्यक्रममा खनालले भने, ‘मुक्तिका लागि भन्दै भारतमा गएर लालुका सामु लम्पसार पर्नु गलत र लज्जाको विषय हो ।' ...

गोली हानि एकको हत्या

गोली हानि एकको हत्या
२० माघ, रुपन्देही ।मोटरसाईकलमा आएका नचिनेका मानिसको समूहले रामापुर-१० शान्तिटोलका ३४ वर्षका खगिश्वर काफ्लेकोगोली हानेर हत्या गरेका हुन् ।इलाका प्रहरी कार्यालय सालझण्डी अनुसारमोटरसाइकलमा आएका व्यक्तिले काफ्लेलाई घरवाहिर बोलाएर गोली हानेको हो। छातीमा गोली लागेर घाइते भएका काफ्लेको उपचारको क्रममा मंगलबार राति लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको हो ।

धरौटी बुझाउन नसकेपछि नक्कली डाक्टर सुहाना केसी जेल चलान

धरौटी बुझाउन नसकेपछि नक्कली डाक्टर सुहाना केसी जेल चलान
२० माघ काठमाडाैं । आफूलाई डाक्टर सुहाना भन्ने भगवती केसी धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी छिन्। ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६५ हजार धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि उनी सुन्धारामा रहेको जेलमा चलान भएकी काठमाडौंका एसपी विश्वराज पोखरेलले जानकारी दिए। आफूलाई कहिले नक्कली डाक्टर त कहिले डिआइजी भन्दै उनले दर्जनौ युवाहरु ठग्दै आएकी थिईन। महानगरीय अपराध महाशाखाले उनलाई गत ...

क्यान इन्फोटेक २०१६ आजदेखि

क्यान इन्फोटेक २०१६ आजदेखि
१५ माघ काठमांडौ।क्यान इन्फोटेक २०१६ आजदेखि भृकुटिमण्डपमा सुरु भएको छ।कम्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले शुक्रबार आयोजना गरेको सोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् ।उनले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए । सूचना प्रविधि मेलाको २२...

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत
विराटनगर, १४ माघ– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्न सरकारले कुनै सोच नबनाएको बताएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले रंगेली घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएपनि छानबिन आयोग बनाउनेबारेमा कुनै सोच नबनेको स्पष्ट पारे । गत माघ ७ गते मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीले गोली चलाउँ...

ऋतिक रोशनले मलाई नेपाल विरोधी बनाए :सिके राउत

ऋतिक रोशनले मलाई नेपाल विरोधी बनाए :सिके राउत
१४ माघ काठमाडौं । नेपालमा नै बसेर नेपाललाई नै टुक्राउने भन्दै ‘स्वतन्त्र मधेस अभियान’ नामको गतिविधी गरिरहेका सिके राउतले भारतको प्रख्यात पत्रिका हिन्दुस्तान टाइम्सलाई ऋतिक रोशन काण्ड पछि आफु नेपाल विरोधी भएको  अन्तरर्वार्ता दिएका छन्  । उनले अन्तर्वार्ता दिंदै भने ऋतिक रोशनले आज भन्दा १४ वर्ष अगाडी नेपाल र नेपाली मन पर्दैन भनि  दिएको अभिव्यक्ति पछि  नेपालमा ठुलो दंगा भएको र त्यो दंगामा मधेसीमुल...

भारतले दियो ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार

भारतले दियो ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार
माघ १२/ काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास परिसरमा एक सार्वजनिक समारोह आयोजना गरी भारतको ६७औं गणतन्त्र दिवस मनाइएको छ । उक्त अवसरमा भारतीय राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए । उक्त सन्देशमा अन्य कुराहरुको अतिरिक्त शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिइएको छ । नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिवद...

कांग्रेसमा नयाँ नियम: तीन कार्यकाल सभापति बन्न नपाइने

११ माघ, काठमाडौं । लगातार दुई कार्यकालसम्म केन्द्रीय सभापति वा जिल्ला सभापति बनेका नेपाली कांग्रेसका नेताहरुले सोही पदमा तेस्रोचोटि उम्मेदवारी दिन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले पार्टी सभापतिमा तेस्रोपटक उम्मेद्वारी दिन नपाइने निर्णय गरेको हो । यो निर्णय केन्द्रीय समिति र जिल्ला समितिमा मात्र लागू हुनेछ । क्षेत्र र स्थानीय कमिटीमा तेस्रोपटक सभापति बन्...
trusted online casino malaysia