शुक्रबार रातिको परकम्पमा भागदौड गर्दा ७० जना घाइते

शुक्रबार रातिको परकम्पमा भागदौड गर्दा ७० जना घाइते
२३ माघ, काठमाडौं । शुक्रबार रातिको परकम्पमा भागदौड गर्दा काठमाडौं उपत्यकामा ७० जना घाइते भएका छन् । सबैभन्दा बढी घाइते काठमाडौं जिल्लाका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार काठमाडौंमा मात्रै ५९ जना घाइते भएका छन् । यस्तै ललितपुरमा ६ र भक्तपुरमा ५ जना घाइते भएको कार्यालयका प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरीक्षक शरद चन्दले जानकारी दिए ।गएराति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रब...

आत्महत्या गर्न खोज्ने नेपालीलार्इ मलेसियामा बचाइयो

आत्महत्या गर्न खोज्ने नेपालीलार्इ मलेसियामा बचाइयो
२१ माघ, क्वालालम्पुर । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् । पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् । सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको थियो । अग्नि नियन्त्रकको टोली पुग्दा य...

भारतबाट आएर अमिताभ बच्चन बन्दै ठग्दै

भारतबाट आएर अमिताभ बच्चन बन्दै ठग्दै
धादिङवेशी २१ माघ ।  फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने भारतीय गिरोहका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ । ठगी भएको ९० हजार नगदसहित धादिङको लापा गाउँ विकास समिति वडा नं १ का भिर्पा तामाङलाइ जिल्ला प्रहरी कार्यलय धादिङको टोलीले धादिङवेशीबाट पक्राउ गरेको हो । यसरी गरियो ठगी : रसुवा धुन्चेका सोनाम लामा(नाम परिवर्तन) ब्यक्तिलाई भारतीय नम्वरबाट फोन आयो र भन...

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प
२० माघ धरान।कर्मचारीहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । प्रतिष्ठान प्रशासनले गरेका विभिन्न निर्णयमाथि असहमति जनाउँदै कर्मचारीहरू पटकपटक आन्दोलनमा उत्रिन थालेपछि पूर्वाञ्चलकै ठूलो अस्पतालको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । चिकित्सकहरूले ओपीडीमा बिरामी जाँच्न छाडेका छन् । प्रतिष्ठानबाट उपलब्...

‘लालुका अगाडि लम्पासार पर्नु लज्जास्पद’

२० माघ काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरू भारतमा गएर लालुप्रसाद यादवको अगाडि लम्पसार पर्नु लज्जास्पद भएको बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयन, राष्ट्र र पार्टीको निर्माण' विषयक कार्यक्रममा खनालले भने, ‘मुक्तिका लागि भन्दै भारतमा गएर लालुका सामु लम्पसार पर्नु गलत र लज्जाको विषय हो ।' ...

गोली हानि एकको हत्या

गोली हानि एकको हत्या
२० माघ, रुपन्देही ।मोटरसाईकलमा आएका नचिनेका मानिसको समूहले रामापुर-१० शान्तिटोलका ३४ वर्षका खगिश्वर काफ्लेकोगोली हानेर हत्या गरेका हुन् ।इलाका प्रहरी कार्यालय सालझण्डी अनुसारमोटरसाइकलमा आएका व्यक्तिले काफ्लेलाई घरवाहिर बोलाएर गोली हानेको हो। छातीमा गोली लागेर घाइते भएका काफ्लेको उपचारको क्रममा मंगलबार राति लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको हो ।

धरौटी बुझाउन नसकेपछि नक्कली डाक्टर सुहाना केसी जेल चलान

धरौटी बुझाउन नसकेपछि नक्कली डाक्टर सुहाना केसी जेल चलान
२० माघ काठमाडाैं । आफूलाई डाक्टर सुहाना भन्ने भगवती केसी धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी छिन्। ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६५ हजार धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि उनी सुन्धारामा रहेको जेलमा चलान भएकी काठमाडौंका एसपी विश्वराज पोखरेलले जानकारी दिए। आफूलाई कहिले नक्कली डाक्टर त कहिले डिआइजी भन्दै उनले दर्जनौ युवाहरु ठग्दै आएकी थिईन। महानगरीय अपराध महाशाखाले उनलाई गत ...

क्यान इन्फोटेक २०१६ आजदेखि

क्यान इन्फोटेक २०१६ आजदेखि
१५ माघ काठमांडौ।क्यान इन्फोटेक २०१६ आजदेखि भृकुटिमण्डपमा सुरु भएको छ।कम्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले शुक्रबार आयोजना गरेको सोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् ।उनले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए । सूचना प्रविधि मेलाको २२...

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत

रंगली घटनाबारे छानविन आयोग गठन गर्ने सोच छैनः बस्नेत
विराटनगर, १४ माघ– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्न सरकारले कुनै सोच नबनाएको बताएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले रंगेली घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएपनि छानबिन आयोग बनाउनेबारेमा कुनै सोच नबनेको स्पष्ट पारे । गत माघ ७ गते मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्तासँगको झडपमा प्रहरीले गोली चलाउँ...

ऋतिक रोशनले मलाई नेपाल विरोधी बनाए :सिके राउत

ऋतिक रोशनले मलाई नेपाल विरोधी बनाए :सिके राउत
१४ माघ काठमाडौं । नेपालमा नै बसेर नेपाललाई नै टुक्राउने भन्दै ‘स्वतन्त्र मधेस अभियान’ नामको गतिविधी गरिरहेका सिके राउतले भारतको प्रख्यात पत्रिका हिन्दुस्तान टाइम्सलाई ऋतिक रोशन काण्ड पछि आफु नेपाल विरोधी भएको  अन्तरर्वार्ता दिएका छन्  । उनले अन्तर्वार्ता दिंदै भने ऋतिक रोशनले आज भन्दा १४ वर्ष अगाडी नेपाल र नेपाली मन पर्दैन भनि  दिएको अभिव्यक्ति पछि  नेपालमा ठुलो दंगा भएको र त्यो दंगामा मधेसीमुल...
trusted online casino malaysia