बसको ठक्करबाट एकको मृत्यु
धनगढी, ३० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली जिल्ला अत्तरिया नगरपालिकाको खुटिया सडकखण्डमा ना४ख ५४६ नंको बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट सोही ठाउँका ३५ वर्षीय जोगबहादुर पुनमगरको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।साभार : पुर्वेली न्युज
 ...