खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी
खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्र...

तुम्लिङटार बिमानस्थलमा परिक्षण गरेकाे एक वर्ष पछि बल्ल पुग्याे बिमान : बुद्ध एयरको एटीआर–७२ ले नियमित उडान गर्ने

तुम्लिङटार बिमानस्थलमा परिक्षण गरेकाे एक वर्ष पछि बल्ल पुग्याे बिमान : बुद्ध एयरको एटीआर–७२ ले नियमित उडान गर्ने
संखुवासभा ।  नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा आज (मंगलबार) देखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान सुरु गरेको छ ।बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झण्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाले बताए । ‘सातामा ५ दिन ७० यात्रु क्षमत...

धरानबाट २ वटा पेस्तोलसहित ३ जना पक्राउ, प्रहरी भन्छ अनुशन्धान जारी छ

धरानबाट २ वटा पेस्तोलसहित ३ जना पक्राउ, प्रहरी भन्छ अनुशन्धान जारी छ
धरान । धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नंं. १७ डाँडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, हुकमेन जिमीको भाई २४ बर्षीय दीपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो । प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी...

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा
इनरूवा । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षाै अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको ...

झापा र माेरङका दशगजा क्षेत्र खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

झापा र माेरङका दशगजा क्षेत्र खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो ।बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार या...

सुन्दरहरैंचामा पासवर्ड ह्याक गरेर दुइवटा बैंकबाट पैसा चाेरी : एक जना पक्राउ

सुन्दरहरैंचामा पासवर्ड ह्याक गरेर दुइवटा बैंकबाट पैसा चाेरी : एक जना पक्राउ
सुन्दरहरैंचा । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल  पक्राउ परेका हुन् ।उनलाइ साेमबार प्रहरीले पक्राउ गरेकाे हाे । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा ...

बेलबारीकाे ठूली एकीकृत कृषि फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

बेलबारीकाे ठूली एकीकृत कृषि फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
 बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ ।सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताउनुभयो ।“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वै...

उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी

उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी
उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता र...

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
खोटाङ । खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभी काठमाडौँले लिएको थियो ।निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत...

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख...
trusted online casino malaysia