उप प्रमुखको गम्भिर ध्यानाकर्षण !

उप प्रमुखको गम्भिर ध्यानाकर्षण !
हात धोऔं,स्वस्थ रहौं  / इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोखरेलले स्वयं नगरपालिकाको कार्यालयले आफुलाई हाँसोको पात्र बनाउन खोजेको आरोप लगाएकी छिन् । नगरपालिकामा भए गरेका अनियमितताको विषयमा आफुले राखेको धारणालाई अर्थको अनर्थ लगाउँदै जनाइएको प्रतिकृयालाई पोखरेलले आफुमाथि सुनियोजित प्रहार भनेकी छिन् । उनले प्रेस विज्ञप्ती जारी गर्दै आफुले राखेका माग सम्बोधन गर्नुको साटो आफुमाथि कटाक्ष शैलीमा...

कोशीका बिद्यालय १४ गतेबाट खुल्ने

कोशीका बिद्यालय १४ गतेबाट खुल्ने
हात धोऔं,स्वस्थ रहौं/ कोरोना महामारीका कारण बन्द रहँदै आएका सुनसरीको कोशी गाउँपालिकाका बिद्यालयहरु १४ गतेबाट खुल्ने भएका छन् । गाउँपालिका मातहत रहेको शिक्षा शाखाले आयोजना गरेको सर्वपक्षीय बैठकले लामो सयमयता बन्द रहेका बिद्यालय यही मंसिर १४ बाट संचालनमा ल्याउने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार कोरोनाका कारण ठप्प बनेको पठनपाठन स्वास्थ्य सावधानी अपनाई संचालनमा ल्याउन लागिएको...

इनरुवामा बन्ने भो प्रतिक चिन्ह ईनार

इनरुवामा बन्ने भो प्रतिक चिन्ह ईनार
हात धोऔं,स्वस्थ रहौं /इनरुवाको मूख्य बजार रहेको स्थानमा ईनार बन्ने भएको छ ।लोकतान्त्रिक चोकको बिच भागमा नगरको पहिचानका रुपमा प्रतिक चिन्ह ईनार बनाउन लागिएको हो ।उक्त संरचना निर्माणको लागि आज शिलान्यास गरिएको छ । नगर प्रमुख राजन मेहताले प्रतिक चिन्ह ईनारको शिलान्यास गरेका हुन् ।उपभोक्ता समिति मार्फत निर्माण गराउन लागिएको ईनारको लागत १५ लाख रहेको बताइएको छ । इनरुवाको इतिहासलाई जगेर्ना गर्न ईनारको...

कालोपत्रेको माग गर्दै स्थानीय सडकमा

कालोपत्रेको माग गर्दै स्थानीय सडकमा
हात धोऔं,स्वस्थ रहौं / धुलोका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै इनरुवा २ का स्थानीयले अबिलम्ब सडक कालोपत्रेको माग गरेका छन् ।लामो समय बित्दा समेत सडक कालोपत्रे नगरिएको भन्दै स्थानीयले बिरोध स्वरुप सडकमा टायर बालेर अवरोध समेत गरेका छन् । सो क्रममा उनीहरुले केहिबेर इनरुवा जिसस सडक खण्डमा सवारीका साधन संचालनमा रोक समेत लगाएका थिए । अघिल्लो दिन सांकेतिक बिरोध जनाएका पपुलर चोक आसपासका स्थानीयले आज ब...

नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते

नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका छन् । प्रतियोगितामा राजकुमारले प्रथम स्थान हात पार्दा बिनय कुमार सिंह दोस्रो भएका छन् । अजय कुमार सिंहले तेस्रो स्थान हात पार्दा प्रतियोगिताको उत्कृष्ट महिला तर्फको उपाधि भने गायत्री चित्लाङ्गियाले जितेकी छिन् । सिद्धान्त निरौला उत्कृष्ट बलाहा घोषित भएको प्रतियोगितामा गेहेन्द्रचन...

छठ : घरको आँगन देखि छत हुँदै खोला सम्म

छठ : घरको आँगन देखि छत हुँदै खोला सम्म
विगतका वर्षहरुको तुलनामा यस पटक छठ पर्व धेरैले आफु अनुकुलको बन्दोवस्तीका साथ मनाएका छन् ।कोरोना महामारीका कारण सरकारले सार्वजनिक स्थानमा भीडभाड हुनेगरी छठ नमनाउन गरेको आग्रहलाई धेरै हदसम्म नागरिकले स्विकार समेत गरेको देखिन्छ । अघिल्ला वर्ष खोला तथा नदी किनार केन्द्रीत हुने छठ यस पटक भने धेरै स्थानमा घरमै सीमित बनेको छ ।सुनसरीको इनरुवा सहित विभिन्न स्थानमा यस पटक धेरै ब्रतालुले घरमै खाडल खनी...

इटहरीका जुवाडेको म्याद थप गरिदै

इटहरीका जुवाडेको म्याद थप गरिदै
इटहरीबाट पक्राउ परेका ८ जना जुवाडेको आज म्याद थपिदै छ । मंसिर १ गते राती रुद्राक्ष पार्टी प्यालेसबाट पक्राउ परेकाहरुलाई आज सुनसरी प्रहरीले म्याद थप गर्न लागेको हो । नगद २ लाख ८० हजार २ सय ५५ रुपैया सहित पक्राउ परेकाहरुको हकमा तिहारको सार्वजनिक बिदा परेका कारण म्याद थप हुन सकेको थिएन् । सुनसरी प्रहरीका अनुसार जुवाडेहरुको हकमा आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा म्याद थपका लागि पुर्याइने छ । प्रहरी ...

सुनसरी प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषध सहित पटका नष्ट

सुनसरी प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषध सहित पटका नष्ट
हात धोऔं, स्वस्थ रहौं/ सुनसरी प्रहरीले ठूलो परिमाणका लागुऔषध सहित पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको छ ।प्रहरीले जिल्ला प्रहरी कार्यालय हातामा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएका लागुऔषध सहितका पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको हो । प्रहरीले तिहारलाई लक्षित गरी भारतबाट ल्याइएका लाखौं मूल्य पर्ने पटकाजन्य विष्फोटक पदार्थ खाल्डो खनी पुरेको छ । त्यसका अलावा प्रहरीले विभिन्न समयमा बरामद गरी ...

नगरपालिकालाई खर्च विवरण सार्वजनिक गर्न नेकपाको ७ दिने अल्टिमेटम

नगरपालिकालाई खर्च विवरण सार्वजनिक गर्न नेकपाको ७ दिने अल्टिमेटम
हात धोऔं, स्वस्थ रहौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा इनरुवा नगर कमिटीले सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाको कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ ।पत्रकार सम्मेलनका बिच स्थानीय तह निर्वाचन पछिका सबै खर्च विवरण सार्वजनिक गर्न नेकपा इनरुवा नगर कमिटीले ७ दिने अल्टिमेटम दिएको हो । कमिटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिकामा ब्यापक अनियमितता बढेको भनि बाहिरिएको विषय प्रति गम्भिर...

गढीमा रक्तदान सँगै प्लाज्मा संकलन

गढीमा रक्तदान सँगै प्लाज्मा संकलन
हात धोऔं, स्वस्थ रहौं/ गढी गाउँपालिकामा रक्तदान सँगै प्लाज्मा संकलन थालिएको छ । गाउँपालिकाको कार्यालयले संक्रमण पुष्टि भई निको भएका मध्ये प्लाज्मा संकलनका लागि योग्य ठहरिएका व्यक्तिहरुबाट रगत संकलन गरिएको जनाएको छ । कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा सिकिस्त बिरामीको उपचारमा सहजता दिलाउन प्लाज्मा संकलन थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । समाजमा संक्रमितलाई ह...