भारतले नाकाबन्दी नखोलेपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त विज्ञप्ती निकाले

भारतले नाकाबन्दी नखोलेपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त विज्ञप्ती निकाले
अमर काफ्ले ईनरुवा, १९ असोज । भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन् । युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका नेपालस्थित ...

बाँकेका अधिकांस पेट्रोल पम्प बन्द हुने अवस्थामा

बाँकेका अधिकांस पेट्रोल पम्प बन्द हुने अवस्थामा
अघोषित नाकाबन्दीका कारण बाँकेका अधिकांश पेट्रोल पम्प बन्द हुने अवस्थामा पुगेका छन् । मोटरसाइृकल चालकहरुसँग पेट्रोल सकिएपछि पेट्रोल लिन मंगलबार बिहान कुसुम पेट्रोल पम्पमा सयौंको संख्यामा लाईन बसेका छन् ।बिगत लामो समयदेखि मधेशका जायज माँग तथा मुद्दा संविधानमा संबोधन गराउने उद्देश्यले आन्दोलनरत मधेशी मोर्चाले करिब एक सातादेखि गरेको नाकाबन्दीका कारण बाँकेको नेपालगञ्जमा पेट्रोल लगायतका इन्धनको अभाव...

सरकार र मधेसी मोर्चाबीचको वार्ता विफल

सरकार र मधेसी मोर्चाबीचको वार्ता विफल
काठमाडौं– सरकार र संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक विफल भएको छ । सिंहदरबारमा आज बसेको दुई पक्षका वार्ता टोलीबीचको बैठकमा आ–आफ्ना कुरा राख्नुबाहेक कुनै प्रगति हुन नसकेको मधेसी मोर्चाको तर्फबाट वार्ता टोलीको सदस्य रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले  जानकारी दिए । बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकारले आन्दोलनकारीको माग पूरा गर्न यसअघि गरेका प्रतिबद्धताहरु समेत पू...

थारुको माझमा पुगेर भट्टराईले गरे नयाँ शक्ति बनाउने कुरा

थारुको माझमा पुगेर भट्टराईले गरे नयाँ शक्ति बनाउने कुरा
लमही, १९ असोज– पार्टी त्यागेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ राजनैतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताएका छन् । दांगको लमहीमा रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको साक्षात्कारमा भट्टराईले नयाँ शक्तिको स्वरुप राजनैतिक संगठीत शक्ति हुने बताएका छन् ।भिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठीत गरी नयाँ राजनैतिक दल वनाउने य...

सरकार र मधेसी मोर्चाबीच मङ्गलबार वार्ता हुने

सरकार र मधेसी मोर्चाबीच मङ्गलबार वार्ता हुने
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ । मोर्चाद्वारा गठित वार्ता टोलीको आज सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बिहान १० बजे वार्ता हुने वार्ता टोली सदस्य सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राससलाई जानकारी दिनुभयो ।  वार्ताका लाग...

सहमतीको सरकार गठनबारे तिनदलमा छलफल

सहमतीको सरकार गठनबारे तिनदलमा छलफल
काठमाडौँ, १८ असोज / प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो । बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका व...

दशैमा टीकाको साइत बिहान १०ः५५ उत्तम

दशैमा टीकाको साइत बिहान १०ः५५ उत्तम
काठमाडौँ, १८ असोज /  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १...

मानवसाङ्लो होइन, माखेसाङ्लो : ओली

बनेपा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भड्काउनका लागि संविधान विरोधीले संविधानको अपव्याख्या गरिरहेको बताएका छन्।एमाले काभ्रेले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने, 'गाउँ–गाउँमा गएर संविधान घोषणा भएपछि के पायौ भन्दै जनता भाँड्ने काम भइरहेको छ।'आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हुलाकी राजमार्गमा बिहीबार गरेको मानवसाङ्लो प्रदर्शनलाई लक्षित गर्दै उनले भने, '...

उरांवहरुले मनाए कर्मा पूजा

उरांवहरुले मनाए कर्मा पूजा
धरान, १७ असोज / कर्मा पूजा २०७२ को अवसरमा उरांव झांगड जातिको जातिय संस्था “नेपाल उरांव झांगड कोड्रेम सुध्रारा कार्य गुठीयारा आ” केन्द्रिय समितिले सुनसरीको मधुवनमा कर्मा पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आइतबार सम्पन्न भएकाे छ । कार्यक्रममा अधिकांस बक्ताहरूले कर्मा पूजालाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने, संविधान संशोधन गरी समानुपाति प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक र व्...

भारतले नाकाबन्दी खोल्नुको रहस्य यस्तो छ : नेपाललाई ललीपप खुवाको पत्तै छैन : ओलीलाई प्रधानमन्त्री बन्न नदिन षडयन्त्र

काठमाण्डौ १७ असोज  / भारतले वीरगञ्ज नाका बाहेक अरु नाकाहरु खोल्ने भएको समाचार शनिवार र आइतवार संचारमाध्यमहरुमा छाइरहेको छ । यसरी भारतले नाकाहरु खोल्न थाल्नुको भित्री रहस्य भने गम्भीर रहेको उच्च श्रोतहरुले जानकारी दिएका छन् । नेपालमा भारत विरोधी भावना बढेकोले मात्र यसरी नाका खोल्न थालेको होइन भन्ने उच्च स्राेतकाे भनाई छ । भारत विरोधी भावना नाकावन्दी गरेपछि बढ्छ भन्ने कुरा भारतीय नेताहरुलाई थाहा ...