भगवान् श्रीकृष्णको पूजा–आराधनाका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै

भगवान् श्रीकृष्णको पूजा–आराधनाका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष...

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद आज आज मनाउँदै

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद आज आज मनाउँदै
इस्लाम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज मनाउँदैछन् । मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रुपमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाउँछन् । मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने गर्छन् । तर कोरोना भाइरस महामारीका कारण इस्लाम धर्मावलम्बीले सामूहिक रुपमा नमाज पढ्न नपाउने अवस्था छ । आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप...

सिङ्गारिदै आस्थाको केन्द्र “रामधुनी” (भिडियो रिपोर्ट)

सिङ्गारिदै आस्थाको केन्द्र “रामधुनी” (भिडियो रिपोर्ट)
प्रधानमंत्री केपी शर्मा ओलीले राम जन्मभूमिको विषय उठान गरेसँगै यतिबेला उक्त विषय खोज र अनुसन्धानको पाटो बनेको छ । पर्साको ठोरीमा प्रमाण संकलनमा पुरातत्व विभाग जुट्दा सुनसरीको रामधुनीमा रामसँग जोडिएका विषय समेत खोजी र अनुसन्धान गरी प्रचारप्रसारमा ल्याइनु पर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ । रामधुनी मन्दिरलाई पूर्वको प्रख्यात धार्मिक स्थलका रुपमा हेर्ने गरिन्छ । पटक पटक रामधुनी मन्दिर संरक्षणको आवाज...

कोरोनाको कहरले साउनमा सुनसान शिवालय

कोरोनाको कहरले साउनमा सुनसान शिवालय
साउन महिनामा भक्तजनहरु व्रत बसी शिवालयहरुमा पूजाअर्चनाका लागि जाने प्रचलन छ। आज साउन महिनाको पहिलो सोमबार हो तर, यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा भक्तजनको उपस्थिति कम रहेको छ। पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएको छैन। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार मन्दिर बन्द नै रहे पनि केही भक्तजनहरु मन्दिर बाहिरबाटै दर्शन गरेर फर्किरहेका छन्। बिहानदेखि ...

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी
काठमाडौं – दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । “मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी भन्छन् । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो म...

आज राष्ट्रिय धान दिवस, दहीचिउरा खाने दिन

आज राष्ट्रिय धान दिवस, दहीचिउरा खाने दिन
आज दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ । वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । मानिसहरु जङगली युगबाट ...

घरभित्र थुनियो पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग

घरभित्र थुनियो पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग
काठमाडौं। पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग। थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्...

पतिको दिर्घायुका लागि ‘वट सावित्री’ पर्व मनाइँदै, यस्ताे छ ‘बरसाइत’ को कथा

पतिको दिर्घायुका लागि ‘वट सावित्री’ पर्व मनाइँदै, यस्ताे छ ‘बरसाइत’ को कथा
जनकपुरधाम। आफ्नो पतिको दिर्घायुका लागि हिन्दू महिलाले मनाउने वट सावित्री पर्व यस वर्ष मिथिला क्षेत्रमा काेराेना महामारीकाे सन्त्रास र लकडाउनकी बीच मनाइँदै छ । विगतका वर्षहरूकाे तुलनामा सार्वजनिक स्थान वर-पीपलकाे बोटमुनि भीड़भाड़ कम देखिए पनि यतिबेला टोल-टोलमा वरको वृक्ष लगाएर महिलाहरु पूजापाठमा निमग्न देखिन्छन् । धनुषाका विभिन्न पालिका र वार्डहरुमा आज वरको रूख भएको स्थानमा व्रतालु महिलाहरू विधिविधान...

सुनसरीमा लक डाउनको पालना गर्दै रमजान मनाइने

सुनसरीमा लक डाउनको पालना गर्दै रमजान मनाइने
सुनसरी प्रशासनले मुस्लिम समुदायलाई लक डाउनको ख्याल गरी रमजान पर्व मनाउन आग्रह गरेको छ ।  सकेसम्म मुस्लिम धर्मावलम्बीहरुलाई घरमै बसेर रमजान पर्वमा गरिने धार्मिक कार्यहरु गर्न भनिएको छ । प्रशासनले कोरोना भाइरसको बढ्दो जोखिमका कारण सावधानी अपनाउनु पर्ने भएकाले समेत भिडभाड नहुने गरी धार्मिक तथा सांस्कृतिक कार्य गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सुचना अधिकारी समेत रहनु भएका सहायक प्...

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व
चैत गेलै बैशाख येलै....यैलै सिरुवा धाम हौ ...भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।। चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिक संगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ, घर आगँनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै सिङगारिन्छ । बाल बच्चाहरुले नयाँ लुगा पाउँछन, थारु समुदायको वस्ती–वस्तीमा यस किसिमको खुशीयाली प्...