नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन
काठमान्डाैं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो। ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्ट...

भौतिक उपस्थितिमा साउन अन्तिमबाट कक्षा १२ को परीक्षा

भौतिक उपस्थितिमा साउन अन्तिमबाट कक्षा १२ को परीक्षा
काठमान्डाैं / कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा...

कांग्रेस महाधिवेशन एक साता देखि १० दिनसम्म सार्ने तयारी

कांग्रेस महाधिवेशन एक साता देखि १० दिनसम्म सार्ने तयारी
काठमान्डाैं / नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकार...

चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास

चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास
काठमान्डाैं / निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी ...

यस्ता शीर्षकमा कर छूटको व्यवस्था

यस्ता शीर्षकमा कर छूटको व्यवस्था
काठमान्डाैं / गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । आव २०७८/७९ को अनुमानित आयव्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७७/०७८ मा वार्षिक २० लाख रुपैयाँसम्म...

कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग

कोरोनाले ज्यानै लिँदैन, भान्सामा भएका यस्ता औषधिको गर्नुस् प्रयोग
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफा...

एसिडको घाउमा मायाको मलम

एसिडको घाउमा मायाको मलम
नवलपुर - एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन। ‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्...

तामझाममा भित्रिएको रेल, सञ्चालनमा अन्योल

तामझाममा भित्रिएको रेल, सञ्चालनमा अन्योल
काठमाडौं / जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको ह...

पानीको भाउ व्यापारीको स्वार्थमा

पानीको भाउ व्यापारीको स्वार्थमा
विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् । खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४० रूपैयाँमा बेच्दै आएको थिएँ,’ गुरागाईंले भने, ‘खरिद भाउ बढेपछि ४५ रूपैयाँमा बेच्न थालेको छु ।’ पानीको ब्रान्डअनुसार मूल्य फरकफर...

नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका

नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका
काठमान्डाैं / नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्र...