एमसिसीमा कांग्रेस र प्रधानमन्त्री देउवाको अडान

एमसिसीमा कांग्रेस र प्रधानमन्त्री देउवाको अडान
देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसिसी पेस गरेका हुन्।सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर दे...

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु
मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् । आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आय...

८ दिनसम्म सडकमै थुप्रियो फोहोर

८ दिनसम्म सडकमै थुप्रियो फोहोर
सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् ।स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । काठमाडौं र ललितपुर महा...

सबैभन्दा राम्रो बैंकिङ पहुँच मनाङमा

सबैभन्दा राम्रो बैंकिङ पहुँच मनाङमा
हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ ।२०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् । काठमाडौं जिल्लामा भ...

दुई वर्षभित्र सबै पालिकामा अस्पताल

स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहे...

भारतबाट ल्याइएको तरकारीमा खानै नहुने, विषादी प्रयोग भएको पुष्टि

भारतबाट ल्याइएको तरकारीमा खानै नहुने, विषादी प्रयोग भएको पुष्टि
काठमााडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो ।नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पा...

यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा

यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा
एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने खुलेर एमसिसीको पक्षमा उभिएका छन् । एमसिसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ। एमसिसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन्। एमसिसीमा यादव नखु...

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति

एक महिनामा ५३ हजारलाई श्रम स्वीकृति
कोरोना संक्रमणको तेस्रो लहरका बीचसमेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या ५३ हजार पुगेको छ । पुसमा श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ।पुसमा ६६ हजार ६२५ जनाले श्रमस्वीकृति लिएकोमा माघमा ५२ हजार ९ सय जनाको श्रमस्वीकृति जारी भएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टले श्रम गन्तव्यमा समे...

बन्धक बनाएर रातभर बलात्कार

बन्धक बनाएर रातभर बलात्कार
बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ...

एकीकृत समाजवादी एमसीसी टेबल गर्न यसरी भयो तयार

एकीकृत समाजवादी एमसीसी टेबल गर्न यसरी  भयो  तयार
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन ...