दशैं घरमै मनाउने वातावरण बनाउन स्थानीय तहलाई जिसस प्रमुखको आग्रह

दशैं घरमै मनाउने वातावरण बनाउन स्थानीय तहलाई जिसस प्रमुखको आग्रह
हात धोऔं, स्वस्थ रहौं/ जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले दशैं घर परिवारमै बसेर मनाउने वातावरण तय गर्न स्थानीय तहहरु समक्ष आग्रह गरेका छन् । सीमित संचारकर्मीको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेका राजभण्डारीले त्यस्तो आग्रह गरेका हुन् । जिल्लाका सबै स्थानीय तहलाई सरकारी निर्णय पालना गर्ने र गराउने तर्फ जिम्मेबार बन्न समेत उनले आग्रह गरेका छन् ।‘कोरोनाको बढ्दो जोखिमका बि...

आजदेखि विराटनगरमा प्लाज्मा थेरापी सेवा सुरु

आजदेखि विराटनगरमा प्लाज्मा थेरापी सेवा सुरु
विराटनगर। प्रदेश १ सरकारद्धारा विराटनगरमा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) का कडा बिरामीका लागि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आईसीयू, भेन्टि...

नोबेलले गाउँ-गाउँमा पुगेर कोरोना परीक्षण गर्ने

नोबेलले गाउँ-गाउँमा पुगेर कोरोना परीक्षण गर्ने
विराटनगर। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ-गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर स्वाब लिने व्यवस्था मिलाएको हो । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो...

किनमेलका लागि जोगवनी जाने प्रहरीको नियन्त्रणमा

किनमेलका लागि जोगवनी जाने  प्रहरीको नियन्त्रणमा
विराटनगर। किनमेलका लागि भारतको जोगवनी जाने ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ति इस्लामपुर नाकाबाट सीमासिल भएको नाका पार गरेर भारतमा किनमेल गर्न जानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार सोही नाकाबाट भारततर्फ किनमेलका लागि जाने ३० जनालाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले छाडेको थियो । दुई देशका सरकारको सहमतिमा गरिएको सीमा बन्दको अवज्ञा गर्नेलाई कारवाहीका दायरामा ल्याएर पेशेबर का...

जिल्लावासीलाई सावधानी अपनाउन सुनसरी प्रशासनको आग्रह

जिल्लावासीलाई सावधानी अपनाउन सुनसरी प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । प्रशासनले जिल्लामा भीडभाड हुने कार्यक्रम आयोजना हुन थालेको भन्दै त्यस्ता कुनैपनि गतिविधि तत्काल संचालनमा नल्याउन आग्रह गरेको छ ।प्रशासनले भनेको छ ,‘कोरोनाको जोखिम बढ्दै जाँदा बजारमा भीड बढेको छ । स्वास्थ्य मापदण्डको ख्याल नगरी संचालित व्यापार व्यवसाय सँगैको असावधानीले समुदायमा संक्रमण बढ्दो छ । ...

विद्यालय खोल्न पाइने हल्ला निराधारः प्रजिअ

विद्यालय खोल्न पाइने हल्ला निराधारः प्रजिअ
इनरुवा। आइतबारबाट विद्यालय संचालनमा ल्याउन पाइने भन्ने हल्ला निराधार रहेको सुनसरी प्रशासनले जनाएको छ । विद्यालय खोलेर बढीमा १५ जना विद्यार्थी उपस्थित रहन सक्ने गरी कक्षा ८,९ र १० को पढाई संचालन गर्न पाउने भनि फैलिएको हल्लामा सत्यता नरहेको प्रशासनले स्पष्ट पारेको छ । विभिन्न अनलाइन र सामाजिक सञ्जालमा आएका सुनसरीमा विद्यालय खुल्ने भन्ने आशयका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्या...

यस्तो छ जिल्ला प्रशासन सुनसरीको कोरोना लक्षित नयाँ निर्णय

यस्तो छ जिल्ला प्रशासन सुनसरीको कोरोना लक्षित नयाँ निर्णय
काेराेना संक्रमण सम्बन्धि जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ निर्णय सार्वजनिक गरेकाे छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गर्दै नयाँ निर्णय सार्वजनिक गरेकाे हाे । जसमा चाडपर्व लक्षित सुरक्षा व्यावस्था र काेराेना संक्रमणका कारण लगाएका प्रतिबन्धका सम्बन्धमा रहेकाे छ । त्यसैगरी विद्यालय संचालन सम्बन्धि पनि निर्णय भएकाे छ । जिल्ला प्रशासनले खुला स्थानमा सञ्चालन हुने साप्ताहिक ...

ज्यालादारी मजदुरलाई सकस

ज्यालादारी मजदुरलाई सकस
इनरुवा। सुनसरीका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई घरपरिवार चलाउन कठिन भएको छ। दैनिक उपभोग्य वस्तुमा मंहगी बढेका कारण उनीहरुलाई घर परिवार चलाउन कठिन भएको हो। कोरोना भाइरसको प्रभाव र निरन्तरको वर्षाका कारण दैनिक ज्यालादारीमा कठिनाई भएको मजदुरहरुको भनाई छ। दैनिक ज्यलादारी तथा मजदुरी गरी घरपरिवार चलाउदैँ आएका मजदुरहरुलाई गुजारा चलाउन कठिन स्थितीको सृजना भएको मानव अधिकार समुह भोक्राहा नरसिंह गा...

ठगी गर्ने इटहरीका सुन पसले इनरुवाबाट पक्राउ

ठगी गर्ने इटहरीका सुन पसले इनरुवाबाट पक्राउ
सुनसरी । विभिन्न बहाना बनाइ ठगी गर्ने इटहरीमा रहेको भोजपुरे ज्वेलर्सका संचालक इनरूवाबाट पक्राउ परेका छन । विभिन्न बहाना बनाएर पैसा माग्ने र फिर्ता माग्दा पैसा नभएको खाली चेक दिएर ठगी गर्ने ईटहरी ९ भोजपुरे टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक माधब रिसाललाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलिले पक्राउ गरेको हो । कार्यलयका अनुसार रिसाललाई प्रहरीले इनरुवा ३ सखुवागाछी क्षेत्रमा लुकिछिपि बस्दै आएको अवस...

विराटनगर महानगरपालिका स्वास्थ्य प्रमुख कार्कीलाई कोरोना

विराटनगर महानगरपालिका स्वास्थ्य प्रमुख कार्कीलाई कोरोना
विराटनगर । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना संक्रमण भएको छ । कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण भएको जानकारी दिँदै कार्कीले हाल आफू होम आइसोलेशनमा रहेको बताए । यसैगरी उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गरेका छन् । ...