एसिडको घाउमा मायाको मलम
नवलपुर - एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन। ‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्...