कर्मचारीको आन्दोलनले पाचौं दिन समेत नगरपालिका ठप्प
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज आज पाचौं दिन समेत ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिदा नगर सहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरुले आन्दोलन चर्काउदा विभिन्न संगठन तथा पार्टीहरुले ऐक्यवद्धता समेत जनाइ रहेका छन ।
निष्काशनमा परेका कर्मचारीहर...