जनकपुर रेल्वेको २९ वटा पदको लागि ३२ हजारको आवेदन

जनकपुर रेल्वेको २९ वटा पदको लागि ३२ हजारको आवेदन
जनकपुरधाम। नेपालको कुर्था देखि भारतको जयनगरसम्म चल्ने रेलको विभिन्न २९ वटा पदको लागि ३२ हजार जनाले आवेदन दिएका छन्। ६ वर्षभन्दा बढी समयदेखी बन्द रहेको रेल सेवा पुनः सञ्चालनमा आउने भएपछि नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदको लागि १ सय २९ जना करारमा कर्मचारी माग गर्दा ३२ हजारले अनलाईन आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए। कम्पनीले गत भदौ २९ गते करारमा कर्मचारी...

सप्तरीको निषेधाज्ञा हट्यो

सप्तरीको निषेधाज्ञा हट्यो
राजविराज। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सप्तरीमा दुई महिनायता जारी गरिएको निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा हटेसंगै अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना ...

डेढ महिनापछि वीरगन्ज खुल्ला

डेढ महिनापछि वीरगन्ज खुल्ला
वीरगन्ज – डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले । कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए । बजारका पसल सबै खुले ...

सरकारी रकमले व्यक्तिगत पोखरी निर्माण

सरकारी रकमले व्यक्तिगत पोखरी निर्माण
राजविराज। सप्तरीको महादेवा गाउँपालिका–१ पकरी स्थित खाडो नदी नियन्त्रणको नाममा आएको २ लाख रकम ब्यक्तिगत पोखरी निर्माणमा लगाएको छ । स्थानिय नेकपाका स्थानिय नेता जय नारायण यादवले संचारकर्मीहरुसँग कुराकानी गर्दै महादेवा गाउँपालिकाको आ.व. २०७४÷०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकम मो. फिरियादले व्यक्तिगत पोखरी निर्माण गरेको बताए । खाडो नदी नियन्त्रणको लागि विनियोजन गरेक...

राजगढ गापाको वडा नं. ५ मा तालबन्दी

राजगढ गापाको वडा नं. ५ मा तालबन्दी
राजविराज। जिल्लाको रागजढ गाउँपालिकाको वडा नं. ५ को कार्यालयमा उपभोक्ता समितिहरुले बुधबार तालाबन्दी गरिएको छ । वडा नम्बर ५ मा विभिन्न विकास निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुले तालाबन्दी गरेको हो । वडा कार्यालय आ.ब. २०७६÷०७७ मा करिब १ दर्जन उपभोक्ता समितिहरुद्वारा विकास निर्माण कार्य सम्पन्न भएको महिनौ वित्तिसक्दा पनि भुक्तानी नदिएको भन्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारी...

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन्। अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन्। अधिकांश स्थानीय तहमा प्...

डा. सुजितको आत्महत्याले सहकर्मीहरु अचम्मित, “नेपालकै बिरामीको सेवा गर्ने सपना अधुरो”

डा. सुजितको आत्महत्याले सहकर्मीहरु अचम्मित, “नेपालकै बिरामीको सेवा गर्ने सपना अधुरो”
मंगलबार डा. सुजितकुमार साहले आफू बस्ने क्वाटरको आठौँ तलाबाट हाम फालेर आत्महत्या गरेको खबर फैलियो। धेरैलाई पत्याउन गाह्रो भयो। कतिपयले डा. सुजित आत्महत्या गर्न सक्दैनन् भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखे। कतिले घटनाको अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन्। उसो त यो घटनाको अनुसन्धानको पाटोमा भारतीय प्रहरीले काम गरिरहेको छ। डा. सुजित चिकित्सा क्षेत्रमा चिरपरिचित नाम हो। उनी रोबोटिक कलेजो प्रत...

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम
राजविराज। सोमबारबाट प्रदेश २ का ८ वटै जिल्लाका डेढ दर्जन माहिला पत्रकारहरुलाई फिचर लेखन सम्बन्धी पाँच दिने भर्चुअल तालिमको शुरुवात भएको छ । संचारिका समुहको आयोजनामा गरिएको भर्चुअल तालिममा प्रदेश २ का सिरहा, सप्तरी, बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रही विगतका वर्षहरु देखि पत्रकारिता मै निरन्तर सक्रिय रहेका पत्रकार माहिलाहरुको पेशा प्रति थप उतरदायित्व निर्वाह गर्न समायानुरुपको...

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्ला भरि नै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश...

बालिका पूजामा उर्लियो भीड

बालिका पूजामा उर्लियो भीड
राजविराज – १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्। यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वर...