कोरोना संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा
बुटवल - रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका स...