आफन्त पनि, मलामी पनि

आफन्त पनि, मलामी पनि
चितवन - कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले। जब शवनजिक पुगे तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो। निर्धक्कसाथ उनले शवलाई प्लास्टिकले ...

तथ्यांक भन्छ- संक्रमण समुदायस्तरमै विस्तार

तथ्यांक भन्छ- संक्रमण समुदायस्तरमै विस्तार
काठमाडौं । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ ।जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ । उपत्यकाको पछिल्...

ललितपुर महानगरपालिकामा कर्फ्यू

ललितपुर महानगरपालिकामा कर्फ्यू
काठमाडौं। ललितपुरमा भोलि बिहानदेखि कर्फ्यू लगाउने निर्णय गरिएको छ। भोलि बिहान ४ बजे देखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख सहितको उपस्थितिमा भएको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जानकारी दिएका छन्। उनले स्थिति नियन्त्रणभन्दा बाहिर नजान दिन कर्फ्यू लगाउने निर्णय गरिएको बताएका ...

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो
काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट...

कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई सांसदहरुले दिइएका सुझाव सुनुवाइ नै भएन

कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई सांसदहरुले दिइएका सुझाव सुनुवाइ नै भएन
काठमाडौं । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० सांसदले कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको भन्दै आक...

महामारीलाई जिस्क्याउँदै राजनीतिक दल

महामारीलाई जिस्क्याउँदै राजनीतिक दल
धादिङ। कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ।संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनीतिक दलहरूले भने बेवास्ता गर्...