विराटनगरमा एकै दिन २२ जनामा कोरोना

विराटनगरमा एकै दिन २२ जनामा कोरोना
विराटनगर । विराटनगरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ जना प्रहरी र तीन सर्वसाधरणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार इलाममा पनि नौं जनामा संक्रमण पुष्टि भएको छ । विराटनगरमा १९ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ड...

भगवति क्वारेनटाईनमा बस्दै गरेका दुई जनामा कोरोना पुष्टी

भगवति क्वारेनटाईनमा बस्दै गरेका दुई जनामा कोरोना पुष्टी
इनरुवामा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिका वडा नं. ७ र ८ घर भएका संक्रमितहरु पुरुष रहेका छन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका संतोष देवका अनुसार गत बुधबार दुवै जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएको थियो। वडा नं. ७ घर भएका संक्रमित साउदी अरबबाट र वडा नं. ८ घर भएका संक्रमित बहराईनबाट नेपाल आएको देवले बताए। संक्रमित दुवै जना इनरुवा नगरपालिकाको भगवती मा. वि. क...

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको स्वाब संकलन

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको स्वाब संकलन
इनरुवामा आज ४१ जनाको स्वाब संकलन गरिएको छ । इनरुवा अस्पतालमा सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरिएको हो ।प्रशासनले समुदायमा कोरोना फैलन नदिन लक डाउनमा कडाई गरेसँगै पीसीआर परीक्षणको दायरा समेत बढाएको छ । सोही अनुरुप इनरुवामा स्वाब संकलन गरिएको हो । कोरोना पोजेटिभ पाइएका महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हु...

इनरूवामा पूनः लक डाउन, अटेर गर्नेलाई क्वारेन्टाइनमा राखिने (भिडियो रिपोर्ट)

इनरूवामा पूनः लक डाउन, अटेर गर्नेलाई क्वारेन्टाइनमा राखिने (भिडियो रिपोर्ट)
सुनसरी प्रशासनमा बसेको सरोकारवालाको बैठकले मूख्य गरी बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट नमूनाका रुपमा छनौट गरी पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ ।तत्कालका लागि भने भोलि गरिने पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ । बैठकमा सहभागि नगर प्रमुख राजन मेहताले सम्भावित जोखिम...

सिङ्गारिदै आस्थाको केन्द्र “रामधुनी” (भिडियो रिपोर्ट)

सिङ्गारिदै आस्थाको केन्द्र “रामधुनी” (भिडियो रिपोर्ट)
प्रधानमंत्री केपी शर्मा ओलीले राम जन्मभूमिको विषय उठान गरेसँगै यतिबेला उक्त विषय खोज र अनुसन्धानको पाटो बनेको छ । पर्साको ठोरीमा प्रमाण संकलनमा पुरातत्व विभाग जुट्दा सुनसरीको रामधुनीमा रामसँग जोडिएका विषय समेत खोजी र अनुसन्धान गरी प्रचारप्रसारमा ल्याइनु पर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ । रामधुनी मन्दिरलाई पूर्वको प्रख्यात धार्मिक स्थलका रुपमा हेर्ने गरिन्छ । पटक पटक रामधुनी मन्दिर संरक्षणको आवाज...

इनरूवाकी महिलाकाे अस्पतालमा मृत्यु, काेराेना परिक्षण गरिदै

इनरूवाकी महिलाकाे अस्पतालमा मृत्यु, काेराेना परिक्षण गरिदै
कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया महिलाकाे आइसोलेशनमा मृत्यु भएको हो । महिलामा कोरानाको लक्षण देखिएपछि आईसोलेसनमा भर्ना गरिएको थियाे । मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मृतकको स्वाब कलेक्सन गरेर परीक्षण गरिदैछ । https://www.facebook.com/inaruwaonline/videos/988973271...

साढे ५ लाख घुस रकम सहित सुनसरीका डिभिजन प्रमुख नियन्त्रणमा

साढे ५ लाख घुस रकम सहित सुनसरीका डिभिजन प्रमुख नियन्त्रणमा
इनरुवा। स्रोत नखुलेको रकम सहित डिभिजन बन कार्यालय सुनसरीका प्रमुख रामबाबु साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले डिएफओ साहलाई भाण्टाबारीबाट नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले डिभिजन प्रमुख साहलाई कार्यालयको बा २ झ ४१० नम्बरको गाडीबाट स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिइएको जनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार डिभिजन बन प्रमुख साह...

स्थानीयमा संक्रमण देखिएपछि इनरुवामा पूर्ण लक डाउन

स्थानीयमा संक्रमण देखिएपछि इनरुवामा पूर्ण लक डाउन
पिसिआर परिक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लक डाउन गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्...

भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी

भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी
काठमाडाैँ : कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ । सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आ...

कोरोना संक्रमण देखिएका विराटनगरका एक पुरुष सम्पर्कविहीन

कोरोना संक्रमण देखिएका विराटनगरका एक पुरुष सम्पर्कविहीन
विराटनगर। कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष बुधबारबाट सम्पर्कविहीन बनेका छन् । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाएको थियो । मंगलबार गरिएको परीक्षणबाट उनलाई कोरोना पोजेटिभ देखिएको थियो । विराटनगर महानगरपालिकाले खोजी गरिए पनि संक्रमित पुरुषको पहिचान हुन नसकेको र हालसम्म फेला नपारिएको जानकारी दिएको छ । नर्सिङ होमले स्वाब संकलन...