होलीमा ‘चिसो एस्ट्रे’

होलीमा ‘चिसो एस्ट्रे’
इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलीलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'चिसो एस्ट्रे' यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आईपुगेको निर्माण...

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याएको छ । कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र प्रभावित भएसँगै नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको थियो । अहिले कोरोना संक्रमण घट्ने क्रम हुदाँ चलचित्र विकास बोर्ड नेपालले चलचित्र निर्माण र संचलानको निर्णय गरेसँगै सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा हलले फागुन ११ गते नि...

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

अल्लू अर्जुनले बढाए पारिश्रमिक

अल्लू अर्जुनले बढाए पारिश्रमिक
फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पुर्याएका छन् । फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता ...

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)
बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् । यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद छ । भारतलाई भ्रष्टचार मुक्त गर्ने सपना बोकेका आफ्ना पिताको योजना पुर...

मुम्बईको लिलावती अस्पतालमा सञ्जय दत्त अस्पताल भर्ना

मुम्बईको लिलावती अस्पतालमा सञ्जय दत्त अस्पताल भर्ना
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरेअनुसार उनको कोभिड १९ को रिपर्ट नेगेटिभ आएको छ । अस...

सुशान्त आत्महत्या प्रकरणः प्रेमिका रिया विरूद्ध एफआईआर दर्ता, सिबिआई जाँच हुने

सुशान्त आत्महत्या प्रकरणः प्रेमिका रिया विरूद्ध एफआईआर दर्ता, सिबिआई जाँच हुने
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भारतको केन्द्रिय अन्वेषण ब्यूरो(सिबिआई)ले सिंहकी प्रेमिका रिया, रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआर दर्ता गरेको छ। एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुयल मिरान्डा र श्रुति मोदीको नाम छ। सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिता (आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०-बी(आपराधिक षडयन्त्र) अन्तरगत उजुरी...

महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा

महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन्। हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए। कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो। सरकारी अधिकारीहरुको आग्रह अन...

अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि

अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि
मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहर...

अनलाइन मार्फत सुशान्तसिंहको सम्झनामा ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने

अनलाइन मार्फत सुशान्तसिंहको सम्झनामा ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने
डिज्ने प्लस हटस्टारले सुशान्तसिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचारा' अनलाइनमार्फत् रिलिज हुने भएको छ। डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको 'दिल बेचारा' जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो। 'माया, आशा र असंख्य सम्झनाहरूको कथा। स...