काबुलबाट १२ नेपालीको शब, विमानस्थल सोकाकुल (तस्बिर सहित)
८ असार, काठमाडौं । सोमबार अफगानिस्तानको काबुलमा भएको बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव त्रिभुवन विमानस्थलमा ल्याइएको छ । काठको बाकसमा १२ वटा शव विमानबाट ओराल्दा यतिखेर त्रिभुवन विमानस्थल सोकमग्न भएको छ ।नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।