वैदेशिक रोजगारी: युरोप-अमेरिका मोहमा ठगिँदै युवा
काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो। त्यसपछि उनको अवस्था झनै कष्टकर बनेको छ। दुई वर्षअघिसम्म औसत नेपालीको स्तरअनुसार चल्दै आएको उनको जीवनचर्या पति अशोकले वैदेशिक...