सामी परियोजना सुरक्षित बैदेशिक रोजगारीको लागी अति आवश्यक बन्दै

सामी परियोजना सुरक्षित बैदेशिक रोजगारीको लागी अति आवश्यक बन्दै
१८ असार, रविन्द्र साह। (फाइल फोटो) बैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउनका लागी बैदेशिक रोजगारी सम्वन्धी चेतना मुलक कार्यक्रम जिल्लाको ग्रामिण भेगहरुमा समेत प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन । सामी-हेल्भेटास नेपालको सहयोगमा सवल नेपाल द्धारा संचालित बिद्दालय तथा आम संचार कार्यक्रम र सुचना तथा परार्मश केन्द्र ले गरेको कामहरुको वारेमा एक कार्यक्रम बिच कंचनरुप नगरपालिकामा सरोका...

अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

काठमाण्डाै । अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ । उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो । फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो ।  क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँक...

दोस्रो जनआन्दोलनपछि साढे ३५ लाख बिदेसिए

दोस्रो जनआन्दोलनपछि साढे ३५ लाख बिदेसिए
काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपालीको सख्या माओवादी शान्ति प्रत्रियामा आएपछि बढेको देखिन्छ । माओवादी द्वन्दको समयमा समेत मुलुकभित्रै रहेको युवा उनीहरु शन्ति प्रक्रियामा आर्एपछि पनि मुलुकमा औद्योगिक तथा व्यावसायिक गतिवीधि विस्तार नहुदाँ विदेशिन बाध्य भएका हुन ।  आब २०५०-५१ देखि २०६२-६३ सम्ममा ७ लाख ५७ हजार ६ सय ७५ कामदार विदेसियका थिए । अव २०६३-६४ पछि मात्रै ३५ लाद ५० हजार ८ सय ५ जेपाली कामद...

गोल्छाका छोराछोरी अन्तै जागिरे

गोल्छाका छोराछोरी अन्तै जागिरे
विराटनगर, असार १२ / नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् ।  अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्। गोल्छा अर्गनाइजेशनको जग बसाल्ने ...

नक्कली कम्पनी खोल्दै अफगानिस्तान बोलाउँदै

नक्कली कम्पनी खोल्दै अफगानिस्तान बोलाउँदै
एक दशकदेखि गरिरहेको काममा चित्त बुझाएको भए भोजपुर, बालंखा-९ का मनिराज तामाङ यतिखेर नेपाली सेनामा कार्यरत हुन्थे। सायद उनको दैनिक गुजारमा कुनै समस्या हुँर्दैनथ्यो। न न्यायका लागि विभिन्न निकायमा हारगुहार गर्दैमा उनको दिन बित्थ्यो। सुरक्षा गार्डको काम भन्दै अफगानिस्तान पुर्याइएका तामाङले त्यहाँ कुनै कम्पनी फेला नपारेपछि २६ दिनमै स्वदेश फर्किनुपर्यो। तामाङसँगै सेनाको जागिर छोडेर अफगानिस्तान उडेका ...

नेपाली कामदारलार्इ कोरियामा धक्का : पानीजहाजको मागमा उच्च गिरावट

कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रतयक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् ।  ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् । कोरियामा पानीजहाज उत्पादन गर्ने ठूला कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको हो । रोजगार अनुमति प्रणालीमार्फत कोरिया पुगेका आठ सय २५ नेपाली कामदार डेउ सिपविल्डिङ एन्ड मेरिन इन्जिनियरिङ...

काम खोज्ने क्रममा युएईमा एक युवकको मृत्यु

काम खोज्ने क्रममा युएईमा एक युवकको मृत्यु
५ असार , युएई । युएईमा एक नेपालीको मृत्यु भएको छ । दुई हत्पा अघि पर्यटक भिसामा युएई पुगेका झापा धाईजन–३ का २१ बर्षिय विशाल मेचेको हृदयघातका कारण ज्यान गएको हो ।हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । विशालका ठूलोबुवा दुबईको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत छन् । मेचे ठूलोबुवा मार्फत दुई हप्ता अगाडिमात्र दुबई गएका थिए । मेचेको शव सारजाहको कासमिरा अस्पतालमा छ ।

नेपाली कामदारको कोटा बढाउन कोरिया सकारात्मक

नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ। कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन्।  दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन्। कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक का...

मलेसियामा रहेका नेपालीहरू संकटमा : २ महिनामा डेढ सय कामदार फिर्ता : संख्या बढ्न सक्ने

काठमाडौं / बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ । दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो । बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । व...

१४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित

काठमाडौं । रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लािग वैशाखमा फारम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार  विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नप्गेकाहरुले परीक्षा दिन नपाउने गरी नाम हटाइएको  छ । कोरियाको मानवसंशाधन विकास सेवाले ती दरखास्त फारम रद्द गरेको छ ।  परीक्षा दिन नपाउनेमा १५ जना विगतमा परीक्...