बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन...