हात्तीको आक्रमणमा परी १५ दिनमा २ को मृत्यु

हात्तीको आक्रमणमा परी १५ दिनमा २ को मृत्यु
हात्तीको आक्रमणबाट १५ दिनको अवधिमा सुनसरीको कोशी कटान क्षेत्रका २ स्थानीयले ज्यान गुमाएको छन् । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयबाट निस्केको जंगली हात्तीको आक्रमणमा उनीहरुले ज्यान गुमाएका हुन् । मकुना हात्तीको आक्रमणमा प्रमोद यादवले ज्यान गुमाएको दुई साता नबित्दै अर्का व्यक्ति मोतीलाल कायतको समेत आज ज्यान गएको छ । मोतीलाई समेत मकुनालै मारेको स्थानीयको दाबी छ । घरबाट मासु लिन हिजो साँझ चोक ...

सर्वोच्चले निर्वाचनको आदेश दिए नेकपा पत्तासाफ हुनेछ : कार्की

सर्वोच्चले निर्वाचनको आदेश दिए नेकपा पत्तासाफ हुनेछ : कार्की
मुलुकमा अब फेरि निर्वाचन हुने हो भने नेपका पत्तासाफ भएर जाने काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले दाबी गर्नु भएको छ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री समेत रहनु भएका कार्कीले संसद् पूर्नस्थापना वा चुनाव दुवै काँग्रेसलाई स्विकार्य हुने बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु जनता माझ जाने बताउनु भएको हो । कार्कीले सर्वोच्चको जुनसुकै आदेश आफुहरुको लागि स्विकार्य हुने बत...

कुटपिटबाट वृद्धको मृत्यु

कुटपिटबाट वृद्धको मृत्यु
कोशी गाउँपालिका वडा नम्वर ३ मा स्थानीयको कुटपिटबाट ८० वर्षिय वृद्धको ज्यान गएको छ । कुटपिटबाट ८० वर्षिय गंगाई दासको ज्यान गएको हो ।प्रहरीले घटनामा संलग्नताको आशंकामा उदिचन्द र कृपा मुखियालाई नियन्त्रणमा लिएको छ । वृद्ध हत्याको आरोपमा पक्राउ परेका व्यक्ति दाजुभाई रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले रातीको समयमा तस्करीको सामान ओसारपसार गर्दै गरेका उदिचन्द र कृपा मुखियासँग बृ...

सुनसरीको भाण्टाबारीबाट हतियार सहित २ पक्राउ

सुनसरीको भाण्टाबारीबाट हतियार सहित २ पक्राउ
सुनसरीको भाण्टाबारी नाकाबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । भारतबाट हतियार सहित नेपाल भित्र्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले कोशी गाउँपालिका ८ भाण्टाबारी चोकबाट कटुवा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी गाउँपाकिला ८ का ३५ वर्षिय मो.मुक्तार मिया र सोही स्थानका २७ वर्षिय सद्दाम मिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारत तर्फब...

हर्मोन बढ्दा मकुना आक्रामक, उपचार थालियो

हर्मोन बढ्दा मकुना आक्रामक, उपचार थालियो
चितवनबाट आएको वन्यजन्तु प्राविधिक टोलीले कोशी टप्पुको जंगली हात्ती मकुना बौलाएको नपाइएको निष्कर्श निकालेको छ ।वन्यजन्तु प्राविधिक र चिकित्सक सहितको उक्त टोलीले मकुना हात्तीमा यौन उन्माद बढेको निष्कर्श निकालेको हो । प्राविधिक तिर्थ लामाका अनुसार हात्तीको व्यवहार अध्ययनबाट उसको शरीरमा हर्मोनको स्तर बढेको पाइएको छ । सो अवस्थामा भाले हात्ती उत्तेजित र आक्रामक हुने टोलीको ठहर छ । जसलाई नियन्त्रण गर्...

प्राविधिक टोलीले कोशी टप्पुमा मकुनाको जाँच थाल्यो

प्राविधिक टोलीले कोशी टप्पुमा मकुनाको जाँच थाल्यो
हात धोऔं स्वस्थ रहौं / चितवनबाट आईपुगेको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगली हात्ती मकुनाको जाँच थालेको छ ।प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा मकुना हात्तीको अवस्था बारे निर्क्योल गर्ने काम थालेको हो । पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा आज बिहानैबाट मकुना हात्ती उपर निगरानी सुरु गरेको छ ।कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा.अमिर सडौला सहित वन्यजन्तु...

मकुना तत्काल नमारिने, प्राविधिकको सुझाव पर्खिने

मकुना तत्काल नमारिने, प्राविधिकको सुझाव पर्खिने
कोशी टप्पुको रैथाने जंगली हात्ती मकुना नमारिने भएको छ । आरक्ष क्षेत्रमा जिउधनको क्षति पु¥याउदै आएको मकुना मार्ने मनस्थिति नजिक पुगेको प्रशासन प्राविधिकको राय पर्खने निर्णयमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा बसेको बैठक मकुना बौलाएको हो वा हैन् भन्ने विषय यकिन गर्ने सहमतिमा टुङिगएको छ । प्रमुख जिल्ला अधिकारी, प्रमुख संरक्षण अधिकृत, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाका साथै सुरक्षा...

कोशी टप्पुको मकुना हात्ती मार्ने विषयमा छलफल हुँदै

कोशी टप्पुको मकुना हात्ती मार्ने विषयमा छलफल हुँदै
सुनसरी प्रशासनमा आज जंगली हात्ती मकुना मार्ने विषयमा छलफल हुँदैछ । मकुनाको आतंक बढेको निष्कर्शमा पुगेको सुनसरी प्रशासनले सो विषयमा आज सरोकारवालासँग छलफल गर्न लाग्दै छ ।स्थानीय प्रशासन ऐनलाई टेकेर प्रजिअले हिंश्रक हात्ती मार्ने उपरको विषयमा छलफल थालेका छन् । स्थानीय प्रशासन ऐनमा स्थानीय गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेमा सिडियोले जटिलता बुझी महसुस भए कानुनी आधारमा रहेर हिंस्रक जनावरलाई गोली ठो...

हात्ती पीडितले बुझेनन् शव, प्रशासनसँग भोलि वार्ता हुँदै

हात्ती पीडितले बुझेनन् शव, प्रशासनसँग भोलि वार्ता हुँदै
जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुनसरीको कोशी गाउँपालिकाका २८ वर्षिय पुरुषको पोष्टमाटम हुन सकेको छैन् । परिवारले शव बुझन् नमानेकाले मृतकको पोष्टमाटम हुन नसकेको हो । हरिपुरमा हात्तीको आक्रमणमा परी आज बिहान श्रीपुरका २८ वर्षिय प्रमोद यादवले ज्यान गुमाएका थिए । उनी बिहानीपख खेतमा पानी लगाउने क्रममा हात्तीको आक्रमणमा परेका थिए । यादवको घटनास्थलमै मृत्यु भएको थियो । मृतक यादवको शव वीपी कोइराल...

मकुना हात्तीले हान्दा कोशीमा एकको मृत्यु

मकुना हात्तीले हान्दा कोशीमा एकको मृत्यु
कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयमा रैथानेका रुपमा बस्दै आएको जंगली हात्ती मकुनाको आक्रमण बाट स्थानीयको मृत्यु भएको छ । मकुना हात्तीको आक्रमणबाट कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुरका अन्दाजी २८ वर्षिय प्रमोद यादवको ज्यान गएको हो । मकुनाले आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको आरक्षको कार्यालयले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार बिहानीपख गहुँ खेतमा पानी ...