वृद्ध भत्ता लिन पुगेका वृद्धको लडेर मृत्यु

वृद्ध भत्ता लिन पुगेका वृद्धको लडेर मृत्यु
सुनसरी। वृद्ध भत्ता लिन वडा कार्यालय पुगेका ६८ वर्षिय वृद्धको लडेर मृत्यु भएको छ । बर्जु गाउँपालिका ६ का ६८ वर्षिय खटर मण्डलको आज दिउँसो मृत्यु भएको हो । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार मण्डल भत्ता लिन ६ नम्बर वडा कार्यालय पुगेका थिए । सो क्रममा बेन्चमा बस्ने क्रममा लडेका वृद्धलाई बेहोस अवस्थामा उपचारकालागि बिराटनगर स्थित कोशी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले ...

घटना दर्ता शिविरमा २ सय बढीले लिए सेवा

घटना दर्ता शिविरमा २ सय बढीले लिए सेवा
इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा संचालित दर्ता शिविरमा २ सय ११ जनाले सेवा लिएका छन् । वडा कार्यालय लक्षित गरिएको दर्ता शिविरमा व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षा सम्वन्धि सेवा संचालनमा ल्याइएको थियो । गाउँपालिकाकी सुचना अधिकृत सृजना क्षेत्रीका अनुसार दर्ता शिविर तीन दिन सम्म संचालनमा ल्याइएको थियो ।१३, १४ र १५ गते संचालित शिविरमा २ सय ११ जनाले सेवा लिएको क्षेत्रीले जानकारी दिइन् । ...

बर्जुमा घटना दर्ता शिविरको तयारी पुरा

बर्जुमा घटना दर्ता शिविरको तयारी पुरा
बर्जु गाउँपालिकाको कार्यालयले राष्ट्रिय अभियान अन्र्तगत संचालन गर्न लागिएको घटना दर्ता शिविरको तयारी पुरा भएको जनाएको छ । गाउँपालिकाकी सुचना अधिकृत सृजना क्षेत्रीका अनुसार १३, १४ र १५ गते संचालन गर्न लागिएको दर्ता शिविरको तयारी पुरा भएको छ । गाउँपालिकाले शिविर संचालन तथा सरल सेवा प्रवाहलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको जनशक्ति परिचालन गरिएको समेत जनाएको छ । शिविर हरेक वडा कार्यालयमा संचालन हु...