काठमाडौ । पछिल्लो सयम पार्टी फुटाएर नयाँ पार्टी खोलिरहने राजनीतिक संस्कारलाई व्यंग्य प्रहार गर्दै चर्चित लोकगायक नविन पौडेलले नयाँ तीज गीत ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ बोलका दुई गीत बजारमा ल्याएका छन ।
‘नयाँ पार्टी खोल्छु’ गीतमार्फत नेपालमा राजनीतिका नाममा चलिरहेको कुसंस्कारलाई तीखो व्यंग्य प्रहार गरेका छन् भने ‘दुःखका दिन गए’ बोलको गीतमा नेपाली जनतालाई केपी ओलीले गर्ने नेपाली जनतालाई दिएको आश्वासन प्रति विकासका योजनामाथी व्यङय गरिएको छ।
‘नयाँ पार्टी खोल्छु…’ नविन पौडेल र देवी हमालले स्वर रहेको छ भने नविनले आफैले संगीत गरेका हुन ।
गीतको म्यूजिक भिडियोमा भने ऋचा थापा र विजय थापाले अभिनय गरेका छन् । गीतको निर्देशन विजय थापाले गरेका हुन् । यस्तै ‘दुःखका दिन गए’मा पनि पौडेलले आफै स्वर र संगीत दिएका छन् ।
‘नयाँ पार्टी खोल्छु…’ गीतलार्इ शिवदर्शनले प्रा.लि.ले बजारमा ल्याएको हो भने ‘दुःखका दिन गए गीतलार्इ हिम सम्झौता डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो ।
भिडियोको लागि तल क्लिक गर्नुहोस








