कोशी गाउँपालिकामा १० लाख रुपैयाँ बराबरको कुखुराजन्य सामग्री बरामद
सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको कुखुराजन्य खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २०८३ असोज २ गते राति १०:३० बजे मन्सुरी टोलस्थितबाट वेवारिसे अवस्थामा उक्त सामग्री बरामद गरेको हो।
बरामद गरिएका सामग्रीहरू जिल्ला पशु स्वास्थ्य कार्याल...












