१५ लाखको अवैध तरबुजाको बीउ नियन्त्रणमा
सुनसरी - बर्जु गाउँपालिका–२ केशलिया खोलास्थित विराटनगर–देवानगन्ज सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा प्रहरीले अवैध रूपमा ल्याइएको १,५२० किलोग्राम (३८ बोरा) तरबुजाको बीउ नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय दुहवी, सितागंज र ट्राफिक प्रहरी पोष्ट दुहवीको संयुक्त टोलीले २०८३।०६।१९ गते साँझ बरामद गरेको बीउको अन्दाजी मूल्य रु १५ लाख २० हजार रहेको छ। आवश्यक कारबाहीका लागि सामान सुनसरी भन्सार कार...












