भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले 'वाइफाइ ६' प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता दैनिक समस्याबाट प्रयोगकर्तालाई मुक्ति दिलाउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने वाइफाइ ६ ले लेटेन्सी उल्लेखनीय रूपमा न्यून बनाउँछ। डि...












