प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासँगै प्रधानमन्त्री शाह र नरेन्द्र मोदीको तस्बिर राखिएको छ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि उनी आज भारत प्रस्थान गर्दै छन्।

भ्रमणका क्रममा सोमबार नयाँदिल्लीको हैदराबाद हाउसमा उनी भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह सोमबारै स्वदेश फर्कनेछन्।











