अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। सामाजिक विषयको परीक्षा चलिरहेकै क्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा घटना सार्वजनिक भएको हो।
अनुगमनका क्रममा सलमा अजहरको सट्टा परीक्षा दिँदै गरेकी २० वर्षीया नुसरत बानो फेला परेकी हुन्। उनी सोही क्षेत्...












